
नयाँ दिल्ली, 25 अक्टोबर (हि.स.)। उपराष्ट्रपति जगदीप धनखड़ एवं डा. सुदेश धनखड़ 26 अक्टोबरमा उत्तराखण्डको दुई दिवसीय यात्रामा जानेछन्। उपराष्ट्रपतिको पदभार ग्रहण गरेपछि राज्यमा उनको यो पहिलो भ्रमण हुनेछ।
उपराष्ट्रपति धनखड़ पहिला गंगोत्री जानेछन्। आगामी 27 अक्टोबरमा उनले केदारनाथ धाम र बद्रीनाथ धामको दर्शन गर्नेछन्। त्यसपछि उपराष्ट्रपति धनखड़ले वन अनुसन्धान संस्थान देहरादूनमा पर्यावरण, वन एवं जलवायु परिवर्तन मन्त्रालयको तत्वावधानमा आयोजित कन्ट्री लेड इनिशएटिभ (सीएल समारोहलाई सम्बोधन गर्नेछन्। यस यात्रामा उनको देहरादून राजभवन जाने कार्यक्रम पनि छ।
हिन्दुस्थान समाचार/उष्णता
