– बाबा केदारनाथ धाममा अपार शान्तिको अनुभव भइरहेको छ: उपराष्ट्रपति
गुप्तकाशी, 27 अक्टोबर (हि.स.)। उपराष्ट्रपति जगदीप धनखड़ले शुक्रवार केदारनाथ एवं बदरीनाथ धाममा पूजा-अर्चना गरी देशको खुसियालीको कामना गरे। उपराष्ट्रपतिसित उनकी पत्नी सुदेश धनखड़ पनि उपस्थित थिइन्। लेफ्टिनेन्ट जनरल गुरमित सिंह (सेनी)-ले उपराष्ट्रपतिलाई स्वागत जनाए।
शुक्रवार बिहान उपराष्ट्रपति आफ्नी पत्नीसित पहिला केदारनाथ धाम पुगे। भीआईपी हेलीप्याडमा पुगेपछि राज्यपाललाई लेफ्टिनेन्ट जनरल गुरमित सिंह (सेनी), जिल्लाधिकारी डा. सौरव गहरवार, पुलिस अधीक्षक विशाखा अशोक भदाणे, एडीएम बीर सिंह बुदियाल, उपजिल्लाधिकारी उखीमठ जितेन्द्र वर्मा, भाजपा जिल्लाध्यक्ष महावीर पँवार, केदार सभाका अध्यक्ष राजकुमार तिवारीले पुष्प भेंट गरी उपराष्ट्रपतिलाई स्वागत गरे।
त्यसपछि उपराष्ट्रपतिले केदार घाटीको जानकारी लिए। केही क्षण सेफ हाउसमा विश्राम गरेपछि उपराष्ट्रपति बाबा केदारनाथ मन्दिर पुगे। मन्दिरको छेउमा केदार सभा, मन्दिर समिति, तिर्थ पुरोहित समाजले परम्परागत मन्त्रोच्चारण एवं रूद्राक्षको माला लगाइदिएर उनलाई स्वागत गरे। साथै बाबा केदारनाथको वस्त्र बाघबर ओढ़ाएर उनलाई सम्मान जनाए। उपराष्ट्रपतिले केदारनाथ मन्दिरमा प्रवेश गरी रूद्राभिषेक एवं विशेष पूजा-अर्चना गरे अनि देशको खुसियाली र जनकल्याणको निम्ति कामना गरे। त्यसपछि राज्यपालले उपराष्ट्रपतिलाई केदारपुरीमा भइरहेको पुनर्निर्माण र विकास कार्यहरूको विस्तृत जानकारी दिए।
यस अवसरमा उपराष्ट्रपति धनखड़ले भने, बाबा केदारनाथ धाममा अपार शान्तिको अनुभव भइरहेको छ। यहाँको विहंगम दृश्य मन्त्रमुग्ध पार्ने किसिमको छ। उनले मन्दिर परिसरमा उपस्थित श्रद्धालु एवं स्थानीय मानिसहरूलाई अभिवादन पनि गरे। भगवान बदरीनाथको गरे दर्शन
उपराष्ट्रपति जगदीप धनखड़ बाबा केदारनाथको दर्शन गरेपछि बदरीनाथ धाम पुगे। सेनाको विशेष विमान मार्फत बदरीनाथ धाम पुगेका उपराष्ट्रपतिलाई चमोली जिल्लाधिकारी हिमांशु खुराना तथा पुलिस अधीक्षक रेखा यादवले पुष्प गुच्छा दिएर स्वागत गरे। मन्दिर परिसरमा बदरीनाथ केदारनाथ मन्दिर समितिका उपाध्यक्ष किशोर पँवार, धर्माधिकारी राधाकृष्ण थपलियाल, मीडिया प्रभारी डा. हरिश गौड़ले पनि उनलाई स्वागत जनाए अनि प्रसादस्वरूप तुलसीको माला र भगवानको प्रसाद भेंट गरे। उनले मन्दिरमा भगवान बदरीविशालको दर्शन गरी पूजा-अर्चना गरे अनि देशको सुख-समृद्धि-खुसियालीको कामना गरे।
हिन्दुस्थान समाचार/उष्णता
