
उत्तरकाशी, 24 नोभेम्बर (हि.स.)। उत्तराखण्डको उत्तरकाशी जिल्लामा निर्माणाधिन सिलक्यारा सुरूङ्गमा फसेका 41 जना श्रमिकहरूलाई सुरक्षित बाहिर निकाल्नका लागि सञ्चालित बचाउ अभियानको क्रममा आएको अड़चनलाई धेरै हदसम्म हिजो राती नै हटाइसकिएको छ। यसबीच आज बिहान केन्द्रियमन्त्री जनरल वीके सिंह (सेवानिवृत्त) सुरूङ्ग स्थलमा पुगे। उनले बचाउ अभियानको जायजा लिए।
उक्त अभियानसित जोड़िएका प्रधानमन्त्री नरेन्द्र मोदीका पूर्व सल्लाहकार औ उत्तराखण्ड सरकारको पर्यटन विभागीय विशेष कार्याधिकारी भाष्कर खुल्बेले आज बिहान भने, अब स्थिति धेरै राम्रो भएको छ। गए राती हामीलाई दुईवटा चिजहरूमा काम गर्नुपरेको थियो। सबैभन्दा पहिला हामीले मसिनको प्लेटफर्मलाई पुनर्गठन गऱ्यौं, त्यसपछि पाइपमा चाप सृजना भएकोले त्यसलाई काट्नुथ्यो। अहिलेघरि यही काम भइरहेको छ। यो पूरा भएपछि अगर ड्रिलिङ्गको प्रक्रिया शुरू गरिनेछ।
उनले भने, पार्सन्स कम्पनीले ग्राउण्ड पेनेट्रेशन रडारबाट अध्ययन गरेको छ जसबाट थाहा लागेको छ कि सुरूङ्गभित्र अघिल्लो पाँच मीटरसम्म अवरोधको रूपमा कुनै पनि धातु छैन। यसको अर्थ ड्रिलिङ्ग सुचारू हुनुपर्छ। उल्लेख्य, चारधाम मार्गमा निर्माणाधिन उक्त सुरूङ्गको एक भाग धस्किएर 41 जना श्रमिकहरू सुरूङ्गभित्र फसेपछि गत 12 नोभेम्बरदेखि नै विभिन्न एजेन्सीहरूको समन्वयमा श्रमिकहरूलाई बचाउने अभियान निरन्तर सञ्चालन गरिएको छ।
हिन्दुस्थान समाचार/उष्णता
