क्वेटा, 20 अगस्त (हि.स.)। बलोचिस्तान प्रान्तको पंजगुरमा ‘पाकिस्तानको संघीय समर्थित’ समूहमाथि सशस्त्र हमलामा चार जनाको मृत्यु भएको छ। यो हमला सोमवार अबेर राति पंजगुरको सोर्डो क्षेत्रमा अज्ञात बन्दूकधारीहरूले एउटा घरमाथि गरे। हमलामा एक व्यक्ति घाइते पनि भयो। द बलोचिस्तान पोस्टले स्थानीय सूत्रहरूलाई उद्धृत गर्दै यो खबर छापेको छ।
द बलोचिस्तान पोस्ट अनुसार, मृतकहरूको पहिचान गुलाम सरवरको छोरा इस्लाम र निजाम (दुवै गेचक, सोर्डो निवासी), हबीबुल्लाह (ग्रेशा, खुजदार निवासी) र अली अहमद (क्वेटा निवासी) को रूपमा गरिएको छ।
स्थानीय सूत्रहरूले बताए, मारिएका मानिसहरू पाकिस्तानको संघीय समर्थक समर्थित सशस्त्र समूहसित जोड़िएका थिए। यस्ता मानिसहरूलाई क्षेत्रमा डेथ स्क्वाड भनिन्छ। यी समूहहरूमाथि बलजफ्ती बेपत्ता पार्ने, राजनीतिक र सामाजिक कार्यकर्ताहरूको हत्या गर्ने, मादक पदार्थहरूको तस्करी र फिरौतीको निम्ति अपहरण जस्ता आपराधिक गतिविधिहरूमा सामेल रहेको आरोप छ।
यस हमलाको अहिलेसम्म कुनैपनि समूहले जिम्मेवारी लिएको छैन। यद्यपि, अतीतमा यस्ता घटनाहरूको जिम्मा प्रायः जसो बलोच स्वतन्त्रता समर्थक सशस्त्र समूहहरूले लिएका छन्। बलोचिस्तानमा आजादी समर्थकहरूको आवाज दबाउनका लागि पाकिस्तानले व्यापक स्तरमा सुरक्षाबलहरूको तैनाती गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
