काठमाण्डू, 13 जनवरी (हि.स.)। नेपालमा गए अबेर राति एउटा बस भालुवाङ छेउ राप्ती नदीको पुलबाट तल झऱ्यो। यस दुर्घटनामा 12 जनाको मृत्यु भयो भने 23 जना घाइते भएका छन्। घाइते यात्रीहरूको अस्पतालमा उपचार चलिरहेको छ। पुलिस अनुसार, मृतक र घाइते यात्रीहरूमा धेरै भारतीय नागरिक पनि सामेल छन्।
नेपालगंजदेखि काठमाण्डूतिर आइरहेको यो यात्री बस गए अबेर राति भालुवाङ छेउ दुर्घटनाग्रस्त भएको हो। घाइते यात्रीहरूले पुलिसलाई बताए अनुसार, शुक्रवार सॉंझ नेपालगंजदेखि काठमाण्डूको निम्ति निक्लेको यो बसको स्पीड अत्याधिक थियो। राप्ती नदीको पुलमा ड्राइभरले नियन्त्रण गुमाए र बस नदीमा झऱ्यो। दुर्घटना स्थलबाट पुलिसले शनिवार दिउॅंसोसम्म 12 जनाको शव फेला पारेको थियो।
यसमा 9 जना मृतकको पहिचान गरिएको छ। मृतकहरूमा दुई जना भारतीय नागरिक पनि सामेल छन्। पुलिस निरीक्षक उज्जवल बहादुर सिंहले भने, मृतकहरूमा उत्तर प्रदेशको मनोज र बिहारको योगेन्द्र राम पनि समोल छन्। उनले तीन शवको पहिचान हुन सकेको छैन, जसमा भारतीय नागरिक पनि हुन सक्ने बताएका छन्।
23 जना घाइतेलाई नेपालगंज मेडिकल कलेजमा भर्ती गरिएको छ। गम्भीर रूपमा घाइतेहरूमा सातजना भारतीय नागरिक पनि सामेल छन्। 16 जना नेपाली नागरिक पनि घाइते भएका छन्। पुलिसले बस चालक र सह चालकलाई हिरासतमा लिएको बताइएको छ।
हिन्दुस्थान समाचार/बिशाल
