
नयाँ दिल्ली, 21 नोभेम्बर (हि.स.)। राजधानीको पुसा मेला ग्राउण्डमा आगामी 2-3 दिसम्बरमा क्रेडिट सोसाइटीहरूको राष्ट्रिय अधिवेशन आयोजना गरिनेछ। सो जानकारी सहकार भारतीका राष्ट्रिय महामन्त्री डा. उदय जोशीले मङ्गलवार यहाँ एक पत्रकार सम्मेलनमा दिएका हुन्।
जोशीले बताए, यस अधिवेशनमा देशभरिका सहकारितासित सम्बन्धित लगभग दश हजार कार्यकर्ताहरूले भाग लिनेछन्। कार्यक्रमको उद्घाटनको लागि केन्द्रिय गृह एवं सहकारिता मन्त्री अमित शाहलाई आमन्त्रित गरिएको छ।
उनले बताए, वर्तमानमा क्रेडिट सोसाइटीहरूले देशमा समाजको आर्थिक समावेशको लागि राम्रो काम गरिरहेको भए तापनि धेरैवटा समस्याहरूको सामना गर्न परिरहेको छ जसको समाधान केन्द्र सरकारको माध्यमबाट हुनसक्छ। केन्द्र सरकार समक्ष क्रेडिट सोसाइटीहरूको समस्यालाई सङ्गठित रूपले प्रस्तुत गर्नका लागि सहकार भारतीले यो अधिवेशन डाकेको छ।
जोशीले भने, यस अधिवेशनको लागि एउटा स्वागत समिति गठन गरिएको छ जसको अध्यक्ष पदमा काम गर्नका लागि बुलडाणा अर्बन क्रेडिट को-अपरेटिभ सोसाइटी लिमिटेडका संस्थापक अध्यक्ष राधेश्याम चाण्डकले स्वीकृति दिससेका छन्। यस राष्ट्रिय अधिवेशनमा, क्रेडिट सोसाइटीहरूको वार्षिक वित्तीय विवरणको प्रतियोगिता पनि आयोजना गरिनेछ।
वार्षिक वित्तीय विवरण प्रतियोगितामा हरेक प्रदेश स्तरबाट दुईवटा अनि केन्द्रिय स्तरमा तीनवटा संस्थाहरूलाई चयन गरी अधिवेशनको समापन सत्रमा विशेष सम्मान गरिनेछ। उनले भने, सहकार भारतीद्वारा आयोजना गरिने यस राष्ट्रिय अधिवेशनमा क्रेडिट सोसाइटीहरूका निदेशक/पदाधिकारी, कर्मचारी, फेडरेशन्स औ एसोसिएशन्स आदि सबैलाई सम्मिलित गरिनेछ।
उल्लेखनीय छ, सहकार भारतीले 28 वटा प्रदेशका 650 भन्दा अधिक जिल्ला केन्द्रहरूमा कार्य गरिरहेको छ। यसले सहकारिता क्षेत्रमा सुसंस्कारित, उर्जावान कार्यकर्ताहरूको टोली निर्माण गर्नु, सहकारी समितिहरूको प्रतिनिधित्व गर्नु, सहकारी समितिहरूको समस्या समाधानको लागि प्रयास गर्नु, सहकारी क्षेत्रसित सम्बन्धित सबैको प्रशिक्षण वा क्षमता विकासको लागि प्रयास गर्नु, अनुसन्धान गर्नु, नयाँ सहकारी समितिहरू गठन गर्नु सहित अनेकौं मुद्दाहरूमा काम गर्छ।
हिन्दुस्थान समाचार/उष्णता
