कोलकाता, 18 अक्टोबर (हि.स.)। कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा बनेका भव्य दुर्गा पूजाका पण्डालहरू घुम्न आज चौथो दिनदेखि हजारौंको संख्यामा मानिसहरू सड़कमा ओर्लिने छन्। अर्कोतिर, मौसम विभागले दुर्गा पूजा अवधि पानी पर्ने सम्भावना नरहेको पूर्वानुमान अगावै जारी गरिसकेकाले मानिसहरूले ठूलो राहत महसुस गरिरहेका छन्। यो हप्ताभरि राज्यमा पानी पर्ने सम्भावना छैन।
मौसम विभागले बुधवार जारी गरेको बयान अनुसार, कोलकातामा न्यूनतम तापक्रम 25.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने अधिकतम तापक्रम एक डिग्री कम 31.7 डिग्री सेल्सियस छ। मौसम सामान्य बनेकाले जाडो अथवा गर्मी लाग्ने छैन। विगत दश दिनदेखि बंगालमा पानी परेको छैन जस कारण मौसम विस्तारै सामन्य बनेको छ।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि पानी पर्ने सम्भावना छैन। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि पानी पर्ने सम्भावना छैन।
हिन्दुस्थान समाचार/भवानी
