गान्तोक, 17 अक्टोबर (हि.स.)। टिस्टा त्रासदीका पीड़ितहरूको निम्ति विभिन्न संघ-संस्था लगायत व्यक्तिहरूले मुख्यमन्त्री राहत कोष (सीएमआरएफ) मा अघि बढ़ेर आफ्नो योगदान दिइरहेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङले मुख्यमन्त्री सीएमआरएफमा योगदान दिने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन्।
आईपीआर विभाग अनुसार, कर्मापा ट्रस्ट, गान्तोकले सीएमआरएफ 10 लाख रूपियॉं प्रदान गरेको छ। यसरी नै राभाङ्गलाका भाइचुङ भोटियाले 25 लाख 99 हजार 999 रूपियॉं, खानीसिरबुङ सोम बहादुर सुब्बाले 10 लाख रूपियॉं, सोमबारियाका संजय चन्डाकले 10 लाख रूपियॉं र रिनाकका सन्तोष अग्रवालले 5 लाख रूपियॉं प्रदान गरेका छन्।
यसैगरी, सिङतामका संजय अग्रवालले 5 लाख रूपियॉं, एमजी मार्गका संजु मालुले 5 लाख रूपियॉं, मल्ली बजारका किशन कुमार अग्रवालले 5 लाख रूपियॉं, सोच्यागाङको ब्रदर्स फार्माले 5 लाख रूपियॉं, अल सिक्किम डेपुटेशन एसोसिएशनले 3 लाख रूपियॉं, बिनय अग्रवालले 2 लाख रूपियॉं, कैलाश रोलर फ्लोर मिल्सले 2 लाख रूपियॉं, बीके हार्डवेयर स्टोरले 2 लाख रूपियॉं, जायन किडजी स्कूल र ग्रीनडेल उच्चतर माध्यमिक विद्यालयले 1-1 लाख रूपियॉं प्रदान गरेका छन्।
हिन्दुस्थान समाचार/बिशाल
