नयाँ दिल्ली, 17 अक्टोबर (हि.स.)। कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गेले भने, चुनाउमा सेनाको राजनीतिक प्रयोग गरिनु हुँदैन भन्ने कुरा थाहा हुँदाहुँदै पनि मोदी सरकारले सेनालाई देशभरिमा 822 वटा यस्तो सेल्फीपोइन्ट निर्माण गर्न लगाएको छ जहाँबाट सरकारी योजनाहरूको प्रचार गर्न सकियोस्। यस्तो गर्नु उचित होइन।
खड़गेले मंगलवार एक्समा लेखे, यी झाँकीहरूमा सैनिकहरूको पराक्रमको गाथा उल्लेख गरिनको सट्टा प्रधानमन्त्री मोदीका तस्वीरहरू राखिएको छ अनि उनका योजनाहरूको गुणगान गरिएको छ। राष्ट्रको सुरक्षा गर्ने हाम्रा भारतीय सेनाका वीर जवानहरूको लोकप्रियतालाई प्रयोग गरेर मोदी सरकारले आफ्नो प्रचार गरिरहेको छ।
खड़गेले भने, चुनाउमा सेनाको राजनीतिक प्रयोग गरेर मोदी सरकारले त्यो गरेको छ जुन 75 वर्षमा कहिल्यै भएको छैन। भारतीय सेनाको शौर्य एवं बलिदानमाथि भारतीय राष्ट्रिय कंग्रेसलाई ठूलो गर्व छ। राष्ट्रवादको पाठ पढ़ाउने भाजपाले भारतीय सेनाको गरिमालाई चोट पुऱ्याएको छ।
हिन्दुस्थान समाचार/उष्णता
