नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीको आजको बिहान अत्यन्त खुसी औ स्वास्थ्यको लागि जागरूकताको सन्देश दिने किसिमको रह्यो। नयाँ दिल्लीको जवाहर लाल स्टेडियममा बिहान साढ़े पाँच बजे 33 हजारभन्दा अधिक मानिसहरूले दिल्ली हाफ म्याराथनमा भाग लिएर स्वस्थ बस्ने सन्देश दियो।
दिल्लीका उपराज्यपाल वीके सक्सेना र केन्द्रियमन्त्री अनुराग सिंह ठाकुरले दिल्ली वेदान्त हाफ म्याराथनलाई हरियो झण्डी देखाएर प्रस्थान गराए। यस अवसरमा उपराज्यपालले भने, दिल्ली हाफ म्याराथनले अब वैश्विक आयोजनको रूप लिरहेको छ। गत वर्ष यस आयोजनमा 26 हजार मानिसहरू सहभागी भएका थिए भने यसपालि 33 हजार मानिसहरूले भाग लिएका छन्। यिनीहरूमा अधिकांश दिल्ली अनि सीमावर्ती राज्यहरूबाट आएका छन्। यो उत्साहले दर्शाउँछ कि मनिसहरू आफ्नो स्वास्थ्यको लागि जागरूक भइरहेका छन्। यस आयोजनमा हरेक आयु वर्गका बाल-बालिकाहरू, युवावर्ग, बुजुर्ग अनि महिला-पुरूषहरूले भाग लिए।
दिल्ली वेदान्त हाफ म्याराथन अन्तर्गत विभिन्न प्रकारको दौड़ प्रतियोगिता आयोजना गरिन्छ। 21.02 किलोमीटरको दौड़ 3 घण्टा 30 मिनटमा पूरा गर्नुथ्यो। यस वर्षको हाफ म्याराथन प्रतियोगिता केन्याका डेनियल एबियनोले जिते। भारतीय धावकहरूमा अभिषेक, कार्तिक औ सावनले पहिलो, दोस्रो औ तेस्रो स्थान प्राप्त गरे। यसको साथै 10 किलोमीटरको दौड़लाई 90 मिनटमा पूरा गर्ने प्रतिस्पर्धा पनि आयोजना गरिएको थियो। यी प्रतिस्पर्धीहरूसितै हजारौं मानिसहरू पनि दौड़िए जो स्वास्थ्यको लागि सन्देश दिने नियमित अभ्यास गर्दछन्।
जवाहर लाल नेहरू स्टेडियमबाट आरम्भ भएको उक्त प्रतिस्पर्धा भीष्म पितामह मार्ग, लोधी रोड, अरबिन्दो मार्ग, मथुरा रोड, सी- हेक्सागन, इण्डिया गेट, डा. जाकिर हुसैन मार्ग हुँदै जवाहरलाल नेहरू स्टेडियममै पुगेर समापन भयो। यस आयोजनलाई केन्द्र गरेर बिहान 5 बजेदेखि 10 बजेसम्म यी मार्गहरूलाई यातायातको निम्ति बन्द गरिएको थियो।
हिन्दुस्थान समाचार/उष्णता
