
नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। कङ्ग्रेसले मध्यप्रदेश विधानसभा चुनाउको लागि आफ्ना उम्मेद्वारहरूको पहिलो सूची आइतवार जारी गरेको छ। उक्त सूचीमा 144 वटा सीटको लागि उम्मेद्वारहरूको नाम घोषणा गरिएको छ।
मध्यप्रदेश कङ्ग्रेस अध्यक्ष कमलनाथलाई छिन्दवाड़ा, दिग्विजय सिंहका छोरा जयवर्धन सिंहलाई राघोगढ़ अनि इन्दौर-1 बाट सञ्जय शुक्लालाई मैदानमा उतारिएको छ। यस अतिरिक्त भोपाल मध्यबाट आरिफ, राऊबाट जितु पटवारी अनि ग्वालियर ग्रामीणबाट साहिब सिंह गुजरलाई टिकट दिइएको छ।
हिन्दुस्थान समाचार/उष्णता
