
नयाँ दिल्ली, 15 अक्टोबर (हि.स.)। तनाउग्रस्त इजरायलमा फसेका भारतीय नागरिकहरूलाई निकाल्नका लागि केन्द्र सरकारद्वारा संचालित अपरेशन अजय अन्तर्गत आज बिहान चौथो विमान नयाँ दिल्ली आइपुग्यो। यस विमानको माध्यमबाट 274 भारतीय नागरिकहरूको सुरक्षित देश फिर्ती भएको छ। यसपूर्व गए शनिवार इजरायलबाट 197 भारतीय नागरिकहरूको तेस्रो दल विशेष उड़ान मार्फत दिल्ली आइपुगेको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वाधिन केन्द्र सरकारले भारतीय नागरिकहरूको सुविधाको लागि अपरेशन अजय अन्तर्गत विशेष उड़ानहरू गत 12 अक्टोबरदेखि शुरू गरेको छ। फिलिस्तीनको कुख्यात आतङ्कवादी सङ्गठन हमासले इजराइलका शहरहरूमा गरेको भीषण हवाईहमलापछि त्यहाँको परिवेश तनाउपूर्ण भएको छ। विदेशमन्त्री डा. एस जयशङ्करले एक्स ह्याण्डलमा चौथो विमान नयाँ दिल्ली हवाईअड्डा आइपुगेको खुसीको समाचार साझा गरेका छन्।
इजरायलबाट पहिलो विशेष उड़ान गत बिहीवार 212 मानिसहरूलाई लिएर प्रस्थान भएको थियो भने 235 भारतीय नागरिकहरूको दोस्रो दल गत शुक्रवार अबेर राती त्यहाँबाट उड़ेको थियो। इजरायलमा नर्स, विद्यार्थी, आईटी पेशावर औ हीरा व्यापारीहरू सहित लगभग 18,000 भारतीय नागरिक बस्दै आएका छन्। गत 7 अक्टोबरमा गाजा पट्टीबाट हमास आतङ्कवादीहरूले इजरायलमाथि गरेको भयानक आक्रमण पश्चात भारतीय नागरिकहरूको सुरक्षित फिर्तीको लागि अपरेशन अजय शुरू गरिएको छ।
हिन्दुस्थान समाचार/उष्णता
