कोलकाता, 15 अक्टोबर (हि.स.)। क्रिकेट विश्व कपमा गुजरातको चर्चित नरेन्द्र मोदी स्टेडियममा उत्कृष्ट प्रदर्शन गर्दै भारतीय टीमले पाकिस्तानलाई पराजित गऱ्यो। भारतीय टीमको जितको खुशीमा राज्यपाल डा. सीवी आनन्द बोसले टीम इण्डियालाई राजभवनमा आमन्त्रित गरेको छ।
राजभवनद्वारा आइतवार बिहान जारी बयानमा भनिएको छ, राज्यपालले भारतीय टीमको जितमा उनीहरूलाई शुभकामना दिएका छन्। यसका साथै राज्यपालले टीम इण्डियालाई राजभवनमा सम्मानित गर्नको निम्ति अतिथिको रूपमा आमन्त्रित गरेका छन्। उनीहरूलाई पश्चिम बंगालका क्रिकेट प्रेमीहरूको तर्फबाट सम्मानित गर्न आमन्त्रित गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार/भवानी
