• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > बिहारमा भारत–नेपाल सीमास्थित रक्सौलबाट सेनाबाट भागेका नार्को–आतङ्कवादी पक्राउ
National

बिहारमा भारत–नेपाल सीमास्थित रक्सौलबाट सेनाबाट भागेका नार्को–आतङ्कवादी पक्राउ

CliQ INDIA
Last updated: December 21, 2025 7:55 pm
CliQ INDIA
Share
2 Min Read
SHARE

पूर्वी चम्पारण, २१ दिसम्बर (हि.स.)।बिहारको पूर्वी चम्पारण जिल्लाअन्तर्गत भारत–नेपाल सीमास्थित रक्सौलबाट एउटा ठूलो नार्को–आतङ्कवादी सञ्जालको पर्दाफास भएको छ। पञ्जाब पुलिसको स्टेट स्पेशल अपरेसन सेलले हरैया थाना पुलिससँग संयुक्त कारबाही गर्दै भारतीय सेनाबाट फरार एक जवान र उसका सहयोगीलाई पक्राउ गरेको छ।

पञ्जाब पुलिसका महानिर्देशक गौरव यादवका अनुसार, एसएसओसी मोहालीको टोलीले सेनाबाट फरार जवान राजबीर सिंह उर्फ फौजीलाई बिहारको पूर्वी चम्पारण जिल्लाको इन्डो–नेपाल सीमास्थित रक्सौलबाट पक्राउ गरेको हो। उनी नेपाल हुँदै देशबाट भाग्ने योजनामा थिए। उनको साथबाट ५०० ग्राम हेरोइन र एउटा ह्यान्ड ग्रेनेड बरामद गरिएको छ।

पञ्जाब पुलिस तथा सञ्चारमाध्यमका रिपोर्टअनुसार, राजबीरका सहयोगी चिरागलाई यसअघि नै पुलिसले पक्राउ गरिसकेको छ। चिराग पञ्जाबको फाजिल्का जिल्लास्थित काशी राम कलोनीका बासिन्दा हुन्। उनको साथबाट ४०७ ग्राम हेरोइन र एउटा ९ एमएम पिस्टल बरामद गरिएको थियो। अनुसन्धानमा चिरागले राजबीरका लागि कूरियरको काम गर्ने र लागूऔषधको आपूर्तिमा महत्त्वपूर्ण भूमिका खेलेको खुलासा भएको छ।

पञ्जाब पुलिसका अनुसार, राजबीर सिंह सन् २०११ मा भारतीय सेनामा भर्ती भएका थिए। फरवरी २०२५ मा उनी सेनाबाट भागेका थिए। २०२५ मा अमृतसर ग्रामीण क्षेत्रको घरिंडा थानामा दर्ता भएको आधिकारिक गोपनीयता ऐन अन्तर्गतको जासुसी मुद्दामा पनि उनको नाम आएको थियो।

जांचका क्रममा दुवै आरोपी हरियाणाको सिरसास्थित महिला पुलिस थानामा भएको ग्रेनेड आक्रमणको षड्यन्त्रमा समेत संलग्न रहेको खुलासा भएको छ। राजबीर र चिरागले अमृतसर ग्रामीण निवासी गुरजन्त सिंहलाई ह्यान्ड ग्रेनेड उपलब्ध गराएका थिए। गुरजन्तलाई हरियाणा पुलिसले पहिल्यै पक्राउ गरिसकेको छ। आक्रमणका लागि आर्थिक सहयोग पनि चिरागमार्फत उपलब्ध गराइएको थियो।

एसएसओसीकी एआईजी डी सुदरविझीका अनुसार, राजबीर सन् २०२२ मा इन्टरनेट मिडियामार्फत पाकिस्तानी ह्यान्डलरहरूसँग सम्पर्कमा आएका थिए। जांचमा दुवैको सीधा सम्बन्ध पाकिस्तानस्थित आतङ्कवादी–तस्कर सञ्जालसँग रहेको पाइएको छ। हेरोइनका खेपसम्म पहुँचको बदलामा उनले संवेदनशील र गोप्य सैन्य सूचनाहरू साझा गरिरहेका थिए। त्यति मात्र होइन, उनले अन्य सैन्य कर्मीहरूलाई पनि ती ह्यान्डलरहरूसँग चिनजान गराएका थिए।

मुद्दा दर्ता भएपछि उनी नेपालमा लुकेर बसे र पञ्जाब–नेपालबीच आवतजावत गर्दै लागूऔषध तस्करी जारी राखे। पाकिस्तानी ह्यान्डलरहरूले उनलाई नेपालमार्ग हुँदै युरोप पठाउने योजना बनाइरहेका थिए। हाल पञ्जाब पुलिसले राजबीरलाई ट्रान्जिट रिमाण्डमा पञ्जाब ल्याउने तयारी गरिरहेको छ, जहाँ सोधपुछपछि थप कारबाही गरिनेछ।

—————

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

देश परिवर्तनको लागि तयार छ, भारत दिगो वृद्धिको पथमा अग्रसर छः शक्तिकान्त दास | BulletsIn
जेपी नड्डा उदयपुर आइपुगे
एनएचआरसीले टीसीएस नासिक प्रकरणमा महाराष्ट्र डीजीपीले रिपोर्ट मागे, निदा खानको अदालतमा अग्रिम जामिन प्रक्रिया सुरु
इतिहासको पानामा 27 जुलाईः शूटिङमा बन्यो वैश्विक पहिचान
लोसचुनाउ:बसपाले 11 उम्मेदवारको सूची जारी गऱ्यो

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article नालीमा अज्ञात शव फेला पऱ्यो
Next Article कोलकातामा सतर्कता बढ़ाउने निर्देश, बंगलादेशको अशान्तिको प्रभाव शहरसम्म नपुगोस्ः पुलिस आयुक्त
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?