नयाँ दिल्ली, 2 दिसम्बर (हि.स.)। संसदको शीतकालीन सत्रको दोस्रो दिनको कार्यवाही शुरु हुनुभन्दा अगाडि कांग्रेस नेतृत्वको इण्डी गठबन्धनका नेताहरूले मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) विरुद्ध विरोध प्रदर्शन गरे। कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी, लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी, कांग्रेस महासचिव प्रियंका गान्धी, महासचिव केसी वेणुगोपाल, लोकसभामा कांग्रेसका उपनेता गौरव गोगोई, प्रमोद तिवारी लगायत धेरै दलका वरिष्ठ नेताहरू संसद बाहिर विरोध प्रदर्शनमा उपस्थित थिए।
लाइनमा उभिएका नेताहरूले हातमा पोस्टर र ब्यानर बोकेका थिए। पोस्टरहरूमा दलित, पछाडिएका वर्ग र आदिवासीहरूको मत समाप्त पार्नु हुँदैन, एसआईर समाप्त गर, मत चोरी बन्द गरे, एसआईआर रोक, लोकतन्त्र बचाउ, र एसआईआर लोकतन्त्र विरुद्ध अपराध हो जस्ता नाराहरू लेखिएका थिए। प्रदर्शनकारीहरूले एसआईआर बन्द गर को नारा पनि लगाए।
कांग्रेस र इण्डी गठबन्धनले एसआईआर लागू भएदेखि नै निर्वाचन आयोग र सत्तारुढ भाजपामाथि आक्रमण गर्दै आएका छन्। उनीहरूले आरोप लगाएका छन्, एसआईआरले उनीहरूका मुख्य मतदाताहरूको भोट काटिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
