कोलकाता, 18 नोभेम्बर (हि.स.)। पश्चिम बंगालमा चलिरहेको विशेष गहन पुनरीक्षण अर्थात् एसआईआरको प्रगतिको समीक्षाको निम्ति निर्वाचन आयोगको चार सदस्यीय केन्द्रिय टीम मंगलवार बिहान कोलकाता पुग्यो। यस महिना आयोगको दोस्रो राज्य-स्तरीय समीक्षा यात्रा हो, जसबाट संकेत पाइन्छ कि आयोगको विशेष नजर यस पूरा संशोधन प्रक्रियामाथि केन्द्रित छ।
केन्द्रिय दलमा उप चुनाउ आयुक्त ज्ञानेश भारती, आयोगका दुई प्रमुख सचिव एसबी जोशी र मलय मालिक तथा उप सचिव अभिनव अग्रवाल सामेल छन्। यो टीम मंगलवारदेखि 21 नोभेम्बरसम्म राज्यमा रहनेछ र आफ्नो दौड़ाहमा कोलकाता, दक्षिण चौबीस परगना, नदिया, मुर्शिदाबाद र मालदा जिल्लामा एसआईआरको स्थितिको समीक्षा गर्नेछ। महिनाको शुरूआतमा भएको पहिलो यात्रामा टीमले उत्तर बंगालका तीन जिल्लामा प्रगतिको जायजा लिएको थियो। सूत्रहरू मुताबिक, पश्चिम बंगालमा तीन चरणमा हुने एसआईआर प्रक्रियाको पहिलो चरण 4 नोभेम्बरदेखि शुरू भएको थियो। मतदाताहरूबीच प्रपत्र वितरण लगभग पूरा भइसकेको छ। मुख्य चुनाउ अधिकारी कार्यालयबाट प्राप्त ताजा जानकारी अनुसार, बुथ स्तर अधिकारीहरूद्वारा संग्रहित प्रपत्रहरूको डिजिटाइजेशनको प्रक्रिया पनि शुरू भएको छ र अहिलेसम्म एक करोड़भन्दा अधिक प्रपत्र डिजिटल रूपमा परिवर्तित गरिएको छ। 27 अक्टोबरसम्म राज्यमा मतदाताहरूको कूल संख्या सात करोड़ 66 लाख 37 हजार 529 दर्ता गरिएको छ।
पूरा एसआईआर प्रक्रिया आगामी वर्ष मार्चसम्म पूरा हुने अनुमान छ। राज्यमा पछिल्लो पल्ट यो विशेष संशोधन 2002 मा गरिएको थियो। त्यस समयको मतदाता सूचीमा जुन मतदाताहरू र उनका माता-पिताको नाम दर्ता थियो, उनीहरूलाई यस पाली स्वतः वैध मतदाता मानिनेछ जबकि जसको नाम अथवा उनका माता-पिताको नाम 2002 को सूचीमा थिएन, उनीहरूले आफ्नो प्रविष्टि बनाई राख्नका लागि आय़ोगद्वारा निर्धारित एघारमध्ये कुनै एक दस्तावेज प्रस्तुत गर्नुपर्नेछ।
यस व्यापक पुनरीक्षण प्रक्रियामा निर्वाचन आयोगको लगातार निगरानीले स्पष्ट हुन्छ कि मतदाता सूचीलाई सठीक, अद्यतन र त्रूटीहिन बनाउनलाई लिएर यस पाली विशेष सतर्कता अपनाइँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी
