नयाँ दिल्ली, 20 अगस्त (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि बुधवार जन सुनवाईमा एक व्यक्तिले हमला गऱ्यो। पुलिसले आरोपीलाई हिरासतमा लिएको छ। यो हमला मुख्यमन्त्री निवास सिविल लाइन्स राज निवास मार्ग स्थित जन सेवा केन्द्रमा भयो। पुलिसले मामिलाको जाँच गरिरहेको छ र मुख्यमन्त्रीको सुरक्षा बढ़ाइएको छ। भाजपा नेताहरूले यस हमलाको कड़ा निन्दा गर्दै दोषी विरूद्ध कारबाहीको माग गरेका छन्।
सूत्रहरू अनुसार, आरोपी मुख्यमन्त्रीलाई जनसुवाईमा शिकायत दिने बहानामा उनको नजिक पुग्यो र उनीमाथि हमला गऱ्यो। पुलिस आरोपीलाई हिरासतमा लिएर सिविल लाइन्स थाना लगेर गएको छ र आरोपीसित सोधपुछ भइरहेको छ।
दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सचदेवाले घटनाको कड़ा निन्दा गर्दै भनेका छन्, जन सुनवाईमा आज एक व्यक्ति मुख्यमन्त्रीको नजिक आयो, केही कागज दियो र अनाचक उनको हात समातेर उनलाई तान्ने प्रयास गऱ्यो। यस अवधि केही धक्का-मुक्की भयो। घटनापछि उनले मुख्यमन्त्रीलाई भेटे। मुख्यमन्त्री मजबूत महिला हुन्। मुख्यमन्त्रीको टाउकोमा हल्का चोट लागेको छ।
दिल्लीका पर्यावरण मन्त्री मनजिन्दर सिंह सिरसाले मुख्यमन्त्री रेखा गुप्तामाथि जन सुनवाईमा भएको हमलाको कड़ा निन्दा गरेका छन्। उनले एक्समा पोस्ट गर्दै भनेका छन्, जनतासित मुख्यमन्त्रीको निडर सम्बन्ध र जनसेवाप्रति अटूट प्रतिबद्धताले विपक्षलाई स्पष्ट रूपमा विचलित पार्दछ, यसले गर्दा यस प्रकारको लज्जास्पद रणनीति अपनाइरहेको छ। म उनको शक्ति, सुरक्षा र शीघ्र स्वस्थ हुने कामना गर्दछु।
पूर्व मुख्यमन्त्री एवं आम आदमी पार्टी (आआपा) नेता आतिशीले एक्समा पोस्ट गर्दै भनेकी छन्, मुख्यमन्त्री रेखा गुप्तामाथि हमला अत्यन्तै निन्दनीय हो। लोकतन्त्रमा असहमति र विरोधको लागि ठाउँ हुन्छ तर हिंसाको निम्ति कुनै ठाउँ छैन। आशा छ, दिल्ली पुलिसले दोषीहरूमाथि कड़ाभन्दा कड़ा कारबाही गर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी
