क्वेटा, 19 अगस्त (हि.स.)। पाकिस्तानमा अशान्त प्रान्त बलोचिस्तानको उस्ता मोहम्मद जिल्लामा एक पुलिस भ्यानमाथि सोमवार भएको ग्रेनेड हमलामा कम्तीमा छह जना घाइते भए। मोटरसाइकल सवार अज्ञात आक्रमणकारीहरूले सिटी पुलिस स्टेशन क्षेत्रमा रेलवे फाटक निकट एक पुलिस वाहनमाथि ग्रेनेड फ्याके। यस विस्फोटमा चार पुलिसकर्मी र दुई बटुवा घाइते भए।
द बलोचिस्तान पोस्टले पुलिसलाई उद्धृत गर्दै भन्यो, हमलामा घाइतेहरूको पहिचान अब्दुल नबी, कादिर बख्श, अब्दुल्ला, बहराम र अन्य दुईक रूपमा गरिएको छ। घाइतेहरूलाई उपचारको निम्ति छेवैको अस्पताल लगियो।
पुलिसले बतायो, विस्फोटमा वाहन क्षतिग्रस्त भयो। घटनापछि सुरक्षा बलहरूले घेराबन्दी गरी आक्रमणकारीहरूलाई खोज्यो।
यसबीच सशस्त्र समूह बलोच रिपब्लिकन गार्ड्स (बीआरजी) ले मीडियालाई जारी एक बयानमा यस हमलाको जिम्मा लिएको छ। समूहले भन्यो, उसका लड़ाकूहरूले पुलिस वाहनलाई लक्षित गरे। यदि पुलिसले स्थानीय मानिसहरूलाई प्रताड़ित गरिरह्यो भने अघि पनि यस्तै हमला हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी
