पटना, 04 मई। बिहारमा मुजफ्फरपुर जिल्लाको अराई थाना क्षेत्रस्थित महेशस्थान गाउॅंकी राबिया खातूनले मुस्लिम महिलाहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हात बलियो बनाउन अपील गरेकी छन्। तीन तलाक पीड़ित राबियाले ‘हिन्दुस्थान समाचार’ सॅंग कुराकानी गर्दै भनिन्, ‘जब हामी प्रताड़ित हुन्थ्यौं तब कोही पनि थिएनन्। प्रधानमन्त्री मोदीलाई धन्यवाद।’
राबिया खातूनले देशभरिका मुस्लिम महिलाहरूलाई भाजपा नेतृत्वधीन राजग गठबन्धनलाई भोट दिएर प्रधानमन्त्रीको हात बलियो बनाउन अपील गरेकी छन्। राबियाले भनिन्, ‘दश सालअघि महिलाहरू विशेषगरि मुस्लिम महिलाहरू प्रताड़ित हुॅंदा तब कोही बोल्दैन थिए, न नै कुनै कानुन थियो। प्रधानमन्त्री नरेन्द्र मोदीकै देनका कारण आज हामीले न्याय पाएका छौ।’
उनले अझ भनिन्, ‘मेरो पति (नसरुद्दीन हसन) ले मसॅंग अन्याय गरे, तीन तलाक दिए र उनी आज जेल गएका छन्।’ उनले आज प्रधानमन्त्री नरेन्द्र भाई मोदीको हात बलियो बनाउनु पर्ने आवश्यकता रहेको बताएकी छन्।
