नयाँ दिल्ली, 27 अप्रेल : दिल्लीको राऊज एभेन्यू कोर्टले वक्फ बोर्डको भर्तीसित सम्बन्धित मनी लण्ड्रिंग मामिलामा ईडीद्वारा जारी समनलाई बेवास्ता गरेको मामिलामा आम आदमी पार्टी (आप)-का विधायक अमनतुल्लाह खानलाई जमानत दिएको छ। एडिशनल चीफ मेट्रोपोलिटन मजिस्ट्रेट दिव्या मल्होत्राले अमानतुल्लाह खानलाई 15 हजार रुपियाँको धरौटीमा जमानत दिइन्।
आज सुनवाई अवधि अमानतुल्लाह खान कोर्टमा पेश भए। ईडीको सिकायतमा कोर्टले गत 9 अप्रेलमा अमानतुल्लाह खानलाई पेश हुनको लागि समन जारी गरेको थियो।
वास्तवमा ईडीले याचिका दर्ता गरी भनेको छ, दिल्ली वक्फ बोर्डको भर्तीमा गड़बड़ीसित जोड़िएको मनी लण्ड्रिंग मामिलामा जाँचबुझको लागि अमानतुल्लाह खानलाई मनी लण्ड्रिंग कानूनको धारा 50 अन्तर्गत समन जारी गरिएको थियो, तर उनी पेश भएनन्। ईडीले भनेको थियो, अमनतुल्लाहले जाँचमा सहयोग गरिरहेका छैनन्। यसपूर्व गत 11 मार्चमा दिल्ली हाई कोर्टले अमनतुल्लाह खानको अग्रिम याचिकालाई खारेज गरिदिएको थियो।
ईडी अनुसार अमानतुल्लाहले आपराधिक गतिविधिहरूबाट व्यापक मात्रामा सम्पत्ति आर्जन गरे अनि आफ्ना सहयोगीहरूको नाममा अचल सम्पत्ति किनेका छन्। छापामारीमा केही कागजपत्र तथा डिजिटल प्रमाणहरू प्राप्त भएको छ जसबाट उनी मनी लण्ड्रिंगको अपराधमा लिप्त रहेको थाहा लाग्छ।
ईडी अनुसार यो मामिला 13 करोड़ 40 लाख रुपियाँको जमीन बिक्रीसित सम्बन्धित छ। अमानतुल्लाह खानका अज्ञात स्रोतहरूबाट अर्जित सम्पत्तिले जमीन किनबेच गरियो। आरोपी कौसर इमाम सिद्दीकीको डायरीमा 8 करोड़ रुपियाँ एन्ट्री गरिएको छ। जावेद इमामले यो सम्पत्ति 13 करोड़ 40 लाख रुपियाँमामा बेचे भने जिशान हैदरले यसको लागि जावेदलाई नगद राशि दिए।
यस मामिलामा पहिला सीबीआईले मुद्दा दर्ता गराएको थियो। सीबीआईद्वारा दर्ता मुद्दामा अमानतुल्लाह खान सहित 11 जना आरोपीहरूविरूद्ध एफआईआर दर्ता गरिएको छ। सीबीईएले यस मामिलामा 23 नोभेम्बर, 2016-मा एफआईआर दर्ता गराएको थियो। जाँच पश्चात सीबीआईले 21 अगस्त, 2022-मा चार्जशीट दर्ता गराएको थियो। सीबीआई अनुसार दिल्ली वक्फ बोर्डका सीईओ र संविदामा भएको दोस्रो नियुक्तिमा गड़बड़ी गरिएको थियो।
