कोलकाता, 14 अप्रेल: रामेश्वरम क्याफे विस्फोट मामिलामा घटनाको 42 दिनपछि राष्ट्रिय जाँच एजेन्सी (एनआईए) ले शुक्रवार पश्चिम बंगालको कान्थीबाट दुई आरोपितलाई पक्राउ गरेको थियो। दुवै आऱोपित मुसाविर हुसैन शाजिब र अब्दुल मथीन ताहा कुख्यात आतङ्कवादी संगठन आईएसआईएसका सक्रिय सदस्य हुन्। दुवै संजय र उदय दासको फर्जी नामले कान्थीको होटलमा लुकेका थिए।
पक्रा परेपछि एनआईएलाई थाहा लाग्यो कि दुवै पश्चिम बंगालमा नयाँ पहिचानको साथ बसिरहेका थिए। यिनीहरूले बंगालमा दुई ठाउँ आफ्नो ठेगाना बनाएका थिए र दुवै ठाउँ फर्जी पहिचान पत्रको साथ हिन्दू बनेर कमरा लिए। शाजेबले युशा शाहनवाज पटेल नामको एक नकली आधारकार्ड प्रयोग गऱ्यो र आफूलाई पालघर महाराष्ट्रको निवासी बतायो। ताहाले आफूलाई एक स्थानमा कर्नाटकको विग्नेश बीडी र दोस्रो स्थानमा अनमोल कुलकर्णी बतायो र यही नामको आईडी देखायो। दोस्रो होटलमा यिनीहरूले आफ्नो नाम झारखण्ड र त्रिपुराको संजय दास र उदय दास बताए।
एनआईएका एक अधिकारीले हिन्दुस्थान समाचारलाई बताए, दुवै गेस्टहाउस र प्राइवेट लजमै बसे, जहाँ वेरिफिकेशनको निम्ति बाध्य गरिन्दैन। क्याफेमा इम्प्रोवाइज्ड एक्सप्लोसिभ डिवाइस (आईईडी) शाजिबले राखेको थियो जबकि ताहा विस्फोटको योजना बनाउने र त्यसलाई अन्जाम दिने मास्टरमाइन्ड थियो। कान्थीको जुन होटलबाट दुवैलाई पक्राउ गरियो त्यहाँ संजय र उदय दासको नामले बसेका थिए। दुवैसित सघन सोधपुछ भइऱहेछ।
