इम्फाल, 22 मार्च मणिपुर पुलिसले राज्यका विभिन्न जिल्लाहरूका संवेदनशील तथा दुर्गम क्षेत्रहरूमा गहन छापामारी एवं खोजी अभियान संचालन गरी भारतीय दण्ड संहिताका भिन्न-भिन्न धाराहरूको उल्लंघन गर्ने 313 जना मानिसहरूलाई आफ्नो हिरासतमा लियो।
पुलिसले आज बताए अनुसार आवश्यक वस्तुहरू सहित राष्ट्रिय राजमार्ग-37 मा 219 अनि राष्ट्रिय राजमार्ग-2 मा 255 वटा वाहनहरूको आवागमन सुनिश्चित गरिएको छ भने यी वाहनहरूको स्वतन्त्र एवं सुरक्षित आवागमनको निम्ति राज्यका सबै संवेदनशील क्षेत्रहरूमा व्यापक मात्रामा सुरक्षा बलहरूलाई तैनाथ गरिनका साथै सुरक्षाको ठोस उपाय गरिएको छ। राज्यका पहाड़ी एवं उपत्याका दुवै जिल्लाहरूमा 128 वटा नाका एवं जाँच चौकीहरू स्थापना गरिएको पुलिसले थप बताएको छ।
