खरसाङ, हिल तृणमूल कंग्रेसको चुनावी सभा खरसाङको एक होटलमा दार्जीलिङ जिल्ला युवा सचिव सुमीरन प्रधान अनि खरसाङ टाउन कमिटी अध्यक्ष बरदान सेञ्चुरीको उपस्थितिमा सम्पन्न गरियो। सभामा विशेष गरी यसपाली हुने चुनाउमा भारी मतले तृणमूल प्रार्थी गोपाल लामालाई जिताउने निर्णय लिएको जानकारी गराइएको छ।
आज हिल तृणमूल खरसाङ टाउनलाई अझ सक्रिय बनाएर लानको लागि माइनोरिटी कमिटी बनाउन जोड दिइएको छ। यसै विषयलाई ध्यानमा राखेर तृणमूल कंग्रेस मन पराउनेहरू बीजेपी अनि गोजमुमो छोडेर तृणमूल कांग्रेसमा 20 घरले समर्थन जनाए।
सभापछि पत्रकारहरूसित बातचीत गर्दै जिल्ला युवा सचिव सुमीरन प्रधान अनि टाउन कमिटी अध्यक्ष बरदान सेञ्चुरीले बताए अनुसार, आज खरसाङमा हिल तृणमूल कंग्रेसको चुनावी सभा सम्पन्न भएको र यसै सभामा तृणमूल प्रार्थी गोपाल लामालाई जिताउन हिल तृणमूल कांग्रेसले सक्रिय रूपमा खट्ने साथै मुख्यमन्त्री ममता ब्यानर्जीले दिएको प्रार्थी गोपाल लामालाई जिताउने आह्वान् गरिएको बताए।
