कोलकाता, 3 मार्च : लोकसभा चुनाउको मिति घोषणा नभए पनि भारतीय जनता पार्टी (भाजपा)-ले देशभरिका लागि 195 जना उम्मेद्वारहरूको सूची जारी गरिसकेको छ। यसमा पश्चिम बंगालको पनि 42 वटा लोकसभा सीट सामेल रहेको छ। 42 मध्ये अधिकांश सीटमै वर्तमान सांसदहरूलाई ठाउँ दिइएको भए पनि आसनसोल लोकसभा सीटमा पार्टी उम्मेद्वारको नामले आश्चर्यचकित पार्नेछ। यहाँबाट भोजपुरी गायक एवं अभिनेता पवन सिंहलाई टिकट दिइएको छ।
मूलरूपले यस कोइलाञ्चल क्षेत्रमा हिन्दी भाषी मानिसहरूको संख्या अधिक छ। यहाँ उत्तर प्रदेश र बिहारका मानिसहरू सर्वाधिक छन्। वर्ष 2019-को लोकसभा चुनाउमा यहाँबाट भाजपाको टिकटमा बाबुल सुप्रियोले जित हासिल गरेका थिए। तर बीचमा पार्टीसित अन्तरविरोध भएपछि उनले संसदको सदस्यताबाट राजीनामा दिएर तृणमूलमा सामेल भए। त्यसपछि भएको उपचुनाउमा तृणमूल कंग्रेसले शत्रुघ्न सिन्हालाई उम्मेद्वार बनायो जसको जित भयो। अब यसपालि भाजपाको पक्षबाट पवन सिंहले चुनाउरूपी थप्पड़ी बजाउनेछन्।
टिकट पाएपछि पवन सिंहले हर्ष व्यक्त गर्दै बताएका छन्, गए शनिवार अबेर साँझ उम्मेद्वारहरूको घोषणा हुँदा उनी जिममा थिए। आफूलाई आसनसोलको लोकसभा सीटबाट उम्मेद्वार बनाएको जानकारी उनलाई उनका साथीहरूले दिए। पवन सिंहको बाल्यकाल पश्चिम बंगालमै बितेको थियो। पिता यहीँ काम गर्थे। बंगालसित उनको धेरै पुरानो सम्बन्ध रहेको छ। यसैले आसनसोल सीटबाट टिकट पाएकोमा उनी उत्साहित भएका छन्।
पवन सिंहको भनाइ के छ?
टिकट पाएपछि पवन सिंहले भने, मलाई आसनसोलका जनतामाथि पूर्ण भरोसा छ। निश्चय पनि उनीहरूको आशीर्वाद प्राप्त हुनेछ। बंगालसितको आफ्नो सम्बन्ध बारे जानकारी गराउँदै उन ले भने, मेरा बुवाले बंगालमै नोकरी गर्थे। त्यहाँबाट पैसा पठाएपछि मात्र हाम्रो घर चल्थ्यो। मेरो शरीरमा बंगालको नून छ। मलाई भरोसा छ अवश्य जीत हासिल हुनेछ।
लोकसभा चुनाउमा शत्रुघ्न सिन्हासित सामना हुने सन्दर्भमा सोधिएको प्रश्नमा पवन सिंहले भने, उनलाई देखेरै म हुर्केको हुँ, तर हाम्रो विचारधारा भिन्न छ। म भाजपा परिवारको सिपाही हुँ भने उनी अर्को पार्टीका। देश-दुनियाँले मोदीजीको कामलाई हेरिरहेका छन्। म उनकै साथमा छु।
जोन बारलाको टिकट काटियो
उल्लेखनीय छ, उत्तर बंगालमा भाजपाले 20 जना उम्मेद्वारहरूको सूची जारी गरेको छ। यसमा नौजना सांसदहरूलाई पुनः टिकट दिइएको छ भए पनि अलिपुरबाट सांसद जोन बारलाको भने टिकट काटिएको छ। जोन बारलाले पश्चिम बंगालको इसाई समुदायका पादरी पारितोष क्यानिंगसित निकट सम्बन्ध बनाइरहेका थिए जो भ्रष्टाचारको मामिलामा फसेका पीपी सिंहका विशेष हुन्। उनको सट्टामा दुईपटक विधायक भएका मनोज टिग्गालाई टिकट दिइएको छ। 20 जना उम्मेद्वारहरूमध्ये चारजना विधायकहरूको टिकट काटिएको छ।
