डिब्रुगढ़ (असम): डिब्रुगढ़ जिल्ला अन्तर्गत लाहोवाल रंगपुरियामा आज भोर बिहान नामरूप पुलिस थानाका ओसी इन्स्पेक्टर अनुपम ग्वालाले आफ्नै सर्भिस पेस्तोलले गोली दागी आत्महत्या गरे।
प्राप्त जानकारी अनुसार आज भोर बिहान लगभग 2 बजे पुलिस इन्स्पेक्टर अनुपम ग्वालाले गोली दागेर आत्महत्या गरे। यस घटनामा बिष्णुप्रिया लाहोन गोगोई नामक एक महिला पनि गम्भीर रूपमा घाइते भइन्। महिलालाई गम्भीर अवस्थामा असम मेडिक कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।
यो घटना बिपुल गोगोईको घरमा भएको हो। वरिष्ठ पुलिस अधिकारी घटनास्थलमा पुगिसकेका छन्। पुलिसले जाँच शुरू गरिसकेको छ। इन्स्पेक्टरले आत्महत्या किन गरे त्यस सम्बन्धमा हाल केही जानकारी प्राप्त भएको छैन।
