नयाँ दिल्ली, 14 फरवरी : दिल्ली हिंसा मामिलामा जेलमा खुनिएका आरोपी उमर खालिदले सुप्रीम कोर्टबाट आफ्नो जमानत याचिका फिर्ता लिए। आज सुनवाई अवधि उमर खालिदको पक्षबाट पेश वरिष्ठ अधिवक्ता कपिल सिब्बलले भने, परिस्थितिहरू फेरिएको कारणले याचिका फिर्ता लिइँदैछ। अब उनले ट्रायल कोर्टमा याचिका दर्ता गराउनेछन्।
उमर खालिदलाई वर्ष 2020-मा भएको दिल्ली दंगाको कथित षड़यन्त्र रचेको मामिलामा गैरकानूनी गतिविधि रोकथाम अधिनियम अन्तर्गत पक्राउ गरिएको थियो। हाल उ जेलमा बन्द छ। हाई कोर्टबाट जमानत नदिइने फसेलालाई चुनौती दिँदै सुप्रीम कोर्टमा याचिका दर्ता गरिएको थियो।
18 मई, 2023- मा सुप्रीम कोर्टले दिल्ली पुलिसलाई नोटिस जारी गरेको थियो। यसअघि 18 अक्टोबर, 2022- मा दिल्ली हाई कोर्टले उमर खालिदको जमानत याचिकालाई खारेज गरिदिएको थियो। हाई कोर्टले भनेको थियो, नागरिकता संशोधन कानून विरोधी प्रदर्शन तथा उत्तरपूर्वी दिल्लीमा भएको हिंसा दिसम्बर, 2019 र फरवरी, 2020 –माझ भएको बैठकको परिणाम थियो जसमा उमर खालिद पनि सामेल भएको थियो।
हाई कोर्टले भनेको थियो, उमर खालिदको नाम षड़यन्त्रको शुरूदेखि दंगा हुञ्जेलसम्म आइरह्यो। उमर खालिद व्हाट्स ऐप ग्रुप डीपीएसजी र मुस्लिम स्टूडेण्ट्स अफ जेएनयूको सदस्य थियो। उमर खालिदले धेरैवटा बैठकहरूमा भाग लियो। यदि चार्जशीटमाथि भरोसा गर्नु हो भने यसले षड़यन्त्र तर्फ स्पष्ट रूपमा संकेत गरिरहेको छ।
हाई कोर्टले भनेको थियो, विरोध प्रदर्शन लोकतन्त्रमा हुने आम राजनैतिक प्रदर्शन जस्तो थिएन। यो भयानक थियो जसको गम्भीर परिणाम भयो। पुलिसकर्मीहरूमाथि महिला प्रदर्शनकारीहरूले प्रहार गरे जसकारण क्षेत्रमा दंगा फैलियो जुन निश्चित रूपले एक आतंकवादी कारबाही थियो।
