मुम्बई, 08 फरवरी : रिजर्भ ब्याङ्क अफ इण्डिया (आरबीआई)- ले आगामी वित्त वर्ष 2024-25 -मा देशको सकल घरेलू उत्पाद (जीडीपी) वृद्धि दर सात प्रतिशत रहने अनुमान व्यक्त गरेको छ। यद्यपि चालू वित्त वर्ष 2023-24-मा आर्थिक वृद्धि दर 7.3 प्रतिशत रहने अनुमान छ।
रिजर्भ ब्याङ्कका गभर्नर शक्तिकान्त दासले बिहीवार यहाँ द्वयमासिक मौद्रिक नीति समिति (एमपीसी)-को तीन दिवसीय समीक्षा बैठकको परिणाम घोषणा गर्दै भने, ग्रामीम मागमा तीव्रता जारी छ, शहरी खपत सशक्त भएको छ। यसरी नै पूँजीगत व्ययमा वृद्धि भएको कारण निवेशको चक्रले गति समातिरहेको छ। उनले भने, निजी निवेशमा पनि सुधार आउने संकेत देखिँदैछ।
शक्तिकान्त दासले आगामी वित्त वर्ष 2024-25- मा जीडीपीको वृद्धि दर सात प्रतिशत रहने अनुमान व्यक्त गर्दै भने, आगामी अप्रेल-जून अनि जुलाई-सेप्टेम्बर त्रैमासिक वृद्धि दर क्रमशः प्रतिशत र 6.8 प्रतिशत रहनेछ भने आगामी अक्टोबर-दिसम्बर र जनवरी-मार्च त्रैमासिकमा यो सात प्रतिशत रहने अनुमान छ।
आरबीआई गभर्नरले भने, घरेलू आर्थिक गतिविधिहरू सशक्त भएका छन्। दासले भने, राष्ट्रीय सांख्यिकी कार्यालय (एनएसओ)- को अनुमान मुताविक वित्त वर्ष 2023-24 को विकास दर 7.3 प्रतिशत रहेको छ। वित्त वर्ष 2023-24 को गति आगामी वित्त वर्ष 2024-25 मा पनि जारी रहने आशा छ।
उल्लेखनीय छ, चालू वित्त वर्ष 2023-24 -मा भारतको वास्तविक जीडीपी वृद्धि दर 7.3 प्रतिशत रहने अनुमान लगाइएको छ। अर्कोतिर आरबीआईले पछिल्लो पटक विकास दरलाई 6.5 प्रतिशतदेखि बढ़ाएर 7 प्रतिशत बनाएको थियो भने वैश्विक रेटिंग एजेन्सीहरूले भारतको आर्थिक वृद्धि दर चालू वित्त वर्ष 2023-24-मा 6.5 प्रतिशतदेखि 6.9 प्रतिशतसम्म रहने अनुमान लगाएका छन्।
