नयॉं दिल्ली, 31 जनवरी : प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार परम्परागत रूपमा सांसद अधिवेशन शुरू गर्नअघि दिइने आफ्नो वक्तव्यमा सबै सांसदहरूलाई बजेट अधिवेशनको यस अवसरको फाइदा उठाएर सकारात्मक पदचिह्न छोड्न आग्रह गरेका छन्। उनले भने, ‘यो समय पश्चातापको हो।’
संसद भवन प्रांगणमा पत्रकारहरूसित कुराकानीमा बजेट सत्र शुरू हुनुभन्दा अघि प्रधानमन्त्रीले भने, ‘जुन व्यक्तिहरूलाई होहल्ला मचाउने र संवैधानिक मूल्यहरू तोड्ने आदत छ, ती सबै सांसदहरूले यो अन्तिम सत्रमा आत्मचिन्तन गर्नुपर्छ।’
प्रधानमन्त्री मोदीले अघि भने, ‘आज राष्ट्रपति द्रौपदी मुर्मूको मार्गदर्शन र भोलि निर्मला सीतारमणद्वारा अन्तरिम बजेट पेश गरिनु महिला सशक्तिकरणको उत्सव सरह हो। यस अघि संसद भवनले ‘नारीशक्ति सन्दन कानुन’ पारित गरेर एकदमै गरिमामय निर्णय लिएको छ। 26 जनवरीमा पनि हामीले कर्तव्य पथमा नारी शक्तिको शौर्य, पराक्रम र संकल्पको अनुभव गऱ्यौ।’
उल्लेखनीय छ, 17औं लोकसभाको अन्तिम बजेट सत्र आजदेखि शुरू भएको छ। नयॉं सरकारको गठनभन्दा अघि यो बजेट सत्रमा भोलि निर्मला सीतारमणले अन्तरिम बजेट पेश गर्नेछन्।
