नयॉं दिल्ली, 30 जनवरी : प्रधानमन्त्री नरेन्द्र मोदीले आज महात्मा गॉंधीलाई उनको 76औं पुण्य तिथिमा श्रद्धाञ्जलि दिएका छन्। दिल्लीका उप राज्यपाल विनय सक्सेनाले पनि बापूलाई पुष्पाञ्जलि अर्पित गरेका छन्।
प्रधानमन्त्री मोदीले एक्स ह्यान्डलमा लेखेका छन्, ‘म पूज्य बापूलाई उनको पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पित गर्दछु। म उनीहरू सबैलाई पनि श्रद्धाञ्जलि अर्पित गर्दछु जो देशको निम्ति शहीद भएका छन्। उनीहरूका बलिदानले हामीलाई मानिसहरूको सेवा गर्न र राष्ट्रको निम्ति उनीहरूका दृष्टिकाणलाई पूरा गर्न प्रेरित गर्दछ।’
दिल्लीका उप राज्यपाल विनय सक्सेना महात्मा गॉंधीलाई श्रद्धाञ्जलि अर्पित गर्न उनको समाधिस्थल राजघाट पुगे। सक्सेनाले राजघाटमा महात्मा गॉंधीलाई पुष्पाञ्जलि अर्पित गरे।
