
नयाँ दिल्ली, 27 जनवरी । प्रधानमन्त्री नरेन्द्र मोदीले आज साझँ 4.30 बजी दिल्लीको करियप्पा परेड ग्राउण्डमा वार्षिक एनसीसी पीएम ऱ्यालीलाई सम्बोधित गर्नेछन्। यो जानकारी भारत सरकारको पत्र सूचना कार्यालय (पीआईबी) ले हिजो एक विज्ञप्तीमा दियो।
पीआईबी अनुसार, यस आयोजनमा अमृत पाढ़ीको योगदान र सशक्तिकरणलाई प्रदर्शित गर्ने ‘अमृतकालको एनसीसी’ विषयमाथि एक सांस्कृतिक कार्यक्रम हुनेछ। 2,200 भन्दा धेरै एनसीसी क्याडर र 24 देशका युवा क्याडरले वसुदैव कुटुम्बकमको साँचो भारतीय भावना अनुरूप यस वर्षको ऱ्यालीको हिस्सा बन्नेछन्। विज्ञप्ती अनुसार, विशिष्ट अतिथिको रूपमा वाइब्रेन्ट गाउँहरूका 400 भन्दा धेरै सरपंच र देशका विभन्न हिस्साहरूका विभिन्न स्वयं सहायता समूहहरूसित जोड़िएका 100 भन्दा धेरै महिलाहरूले पनि एनसीसी पीएम ऱ्यालीमा भाग लिनेछन्।
