– भारतका लड़ाकू विमानहरूले हवाई शक्तिको साथमा पहिलो पटक ‘ट्याङ्गेल फर्मेशन’ देखायो
– तीनै सेनाहरूले आ-आफ्नो झाँकीको माध्यमबाट स्वदेशी हतियारहरूको साथमा ‘आत्मनिर्भरता’ देखाए
नयाँ दिल्ली, 26 जनवरी : राजधानी दिल्लीको कर्तव्य पथमा भारतीय सैन्य बलहरूका सर्वोच्च कमाण्डर राष्ट्रपति द्रौपदी मुर्मूले सलामी लिएसितै शुरू भएको गणतन्त्र दिवस परेडमा भारतले आफ्नो सैन्य शक्ति प्रदर्शन गऱ्यो। तीनैवटा सेनाहरूका टुकड़ीहरूले आ-आफ्नो झाँकीहरूको माध्य्मबाट स्वदेशी हतियारहरूको साथमा ‘आत्मनिर्भरता’ देखाए। भारतका लड़ाकू विमानहरूले हवाई शक्ति सहित पहिलो पटक ‘ट्याङ्गेल फर्मेशन’ देखायो जसको प्रयोग वर्ष 1971-मा पाकिस्तानसित भएको युद्धमा गरेर भारतीय सेना ढाकामा प्रवेश गरेको थियो। राजपूताना राइफल्सले ‘राजा रामचन्द्र की जय’- को युद्ध घोषसितै कर्तव्य पथमा मार्च गऱ्यो।
परेडको कमान दिल्ली एरियाका जनरल अफिसर कमाण्डिङ्ग लेफ्टिनेन्ट जनरल भवनीश कुमारले सम्हालेका थिए। मुख्यालय दिल्ली क्षेत्रका चीफ अफ स्टाफ मेजर जनरल सुमिता मेहता परेडका सेकेण्ड-इन-कमाण्ड थिए। परेडमा सर्वोच्च वीरता पुरस्कारद्वारा पुरस्कृत परमवीर चक्र विजेता सुबेदार मेजर (मानद क्याप्टन) योगेन्द्र सिंह यादव (सेवानिवृत्त), सुबेदार मेजर सञ्जय कुमार (सेवानिवृत्त) औ अशोक चक्र विजेता मेजर जनरल सीए पीठावाला (सेवानिवृत्त), कर्नल डी श्रीराम कुमार औ लेफ्टिनेन्ट कर्नल जस राम सिंह (सेवानिवृत्त) सामेल भए। परमवीर चक्र दुश्मन सामु बहादुरी औ आत्मबलिदानको सबैभन्दा विशिष्ट कार्यको लागि दिइन्छ भने अशोक चक्र दुश्मन सामु बहादुरी अनि आत्मबलिदान अतिरिक्त अन्य कार्यहरूको लागि पनि दिइन्छ।
पहिलो पटक कर्तव्य पथमा तीनै सेनाहरूका महिला टुकड़ीहरूले मार्च गरे जसको नेतृत्व सैन्य पुलिसकी क्याप्टन सन्ध्याले गरिन्। यसमा तीन अतिरिक्त अधिकारी क्याप्टन शरण्या राव, सब क्याप्टन लेफ्टीनेन्ट अंशु यादव अनि फ्लाइट लेफ्टीनेन्ट सृष्टि राव पनि सामेल थिए। महिला सशस्त्र बल चिकित्सा सेवा दलको नेतृत्व मेजर सृष्टि खुल्लरले गरिन् जसमा आर्मी डेन्टल कोरमा क्याप्टन अम्बा सामन्त,भारतीय नौसेनामा सर्जन लेफ्टीनेन्ट कञ्चना अनि भारतीय वायु सेनामा फ्लाइट लेफ्टिनेन्द दिव्या प्रिया सामेल थिए। सेनाको मार्चिङ्ग दस्तामा मद्रास रेजिमेन्ट, ग्रेनेडियर्स, राजपूताना राइफल्स, सिख रेजिमेन्ट औ कुमाऊं रेजिमेन्ट सामेल थिए। 20औं बटालियनका लेफ्टिनेन्ट संयम चौधरीको नेतृत्वमा राजपूताना राइफल्सले गणतन्त्र दिवस परेडको अङ्गको रूपमा ‘राजा रामचन्द्र की जय’- को युद्ध घोषसितै कर्तव्य पथमा मार्च गऱ्यो।
गणतन्त्र दिवस 2024 समारोह अवधि छःवटा राफेल विमानहरू ‘मारूत’ फर्मेशनमा कर्तव्य पथमा उड़े। ट्याङ्गल फर्मेशनमा एक डकोटा विमान अनि दुई डोर्नियर विमानले ‘विक’ फर्मेशनमा कर्तव्यमा उड़ान भरे। ट्याङ्गल फर्मेशन अवधि डोर्नियर विमानलाई स्क्वाड्रन लिडर निकिता मल्होत्राले उड़ाइन् जसलाई गणतन्त्र दिवसको अवसरमा वीरताको लागि वायुसेना पदकद्वारा सम्मानित गरिएकोछ। समारोहमा तीन सुखोई-30 विमानले वायुसेनाको मार्चिङ्ग दलसितै कर्तव्य पथमा आकाशमा त्रिशुल बनायो। कर्तव्य पथमा गणतन्त्र दिवस परेडलाई समापन गर्नको लागि एक राफेल विमानले 900 किमी प्रतिघण्टाको गतिले उड़ान भऱ्यो।
