कोलकाता, 26 जनवरी : गणतन्त्र दिवसको अवसरमा पश्चिम बंगालको राजधानी कोलकाता लगायत सम्पूर्ण राज्यमा जाडो बढेको छ।
मौसम विभागले जारी गरेको बयान अनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम सामान्यभन्दा एक डिग्री मुनि 13.7 डिग्री रेकर्ड गरिएको छ। अधिकतम तापक्रम पनि सामान्यभन्दा चार डिग्री कम 22.02 डिग्री सेल्सियस रेकर्ड गरिएको छ। यस कारण जाडो निकै बढेको छ।
कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर तथा पुरुलिया, बांकुड़ा, मालदा, मुर्शिदाबादमा पनि तापक्रम 11 देखि 20 डिग्री सेल्सियसबिच रहेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि तापक्रम 10 डिग्री सेल्सियसबिच रहेको छ।
