नयॉं दिल्ली, 23 जनवरी (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान पराक्रम दिवसमा नेताजी सुभाषचन्द्र बोसको पुण्य स्मरण गरेका छन्। राष्ट्रपतिले नेताजीलाई श्रद्धाञ्जलि अर्पित गरे। प्रधानमन्त्री मोदीले देशवासीहरूलाई पराक्रम दिवसको शुभकामना दिए।
राष्ट्रपति द्रोपदी मुर्मूले एक्स ह्यान्डलमा लेखेकी छन्, पराक्रम दिवसको रूपमा मनाइरहेको नेताजी सुभाषचन्द्र बोसको जयन्तीमा म सादर श्रद्धाञ्जलि अर्पित गर्दछु। नेताजीले भारतको स्वतन्त्रताको लक्ष्यको निम्ति असाधारण प्रतिबद्धता प्रदर्शित गरे। उनको अद्वितीय साहस र व्यक्तित्वले भारतवासीहरूलाई औपनिवेशिक शासन विरूद्ध निडरतासित लड्न प्रेरित गरे। उनको ओजस्वी व्यक्तित्वको हाम्रो स्वतन्त्रता संग्राममा गहिरो प्रभाव पऱ्यो। हाम्रा देशवासीले नेताजीलाई कृतज्ञतापूर्वक सदैव स्मरण गर्नेछन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक्स ह्यान्डलमा एउटा ओजस्वी भिडियो सन्देश जारी गरेका छन्। उनले भनेका छन्, पराक्रम दिवसमा भारतका मानिसहरूलाई शुभकामना। आज नेताजी सुभाषचन्द्र बोसको जयन्तीमा हामी उनका जीवन र साहसको सम्मान गर्दछौ। हाम्रो देशको स्वतन्त्रताप्रति उनको अटूट समर्पणले प्रेरणा दिॅंदैछ।
हिन्दुस्थान समाचार/बिशाल
