
कोलकाता, 19 जनवरी (हि.स.)। पश्चिम बंगालको राजधानी कोलकाता लगायत सम्पूर्ण राज्यमा कठ्याङ्ग्रिने जाडोबिच हल्का वर्षापछि मौसमको रूप नै फेरिएको छ। मौसम विभागले शुक्रवार जारी गरेको बयान अनुसार, गत 24 घण्टामा 1.8 मिलीमिटर वर्षा रेकड गरिएको छ। यसका साथै तापक्रम पनि बिढरहेको छ।
शुक्रवार राजधानी कोलकातामा न्यूनतम तापक्रम सामान्यभन्दा दुई डिग्री धेरै 16.01 डिग्री सेल्सियस रेकर्ड गरिएको छ भने अधिकतम तापक्रम 19.2 डिग्री सेल्सियस छ, जुन सामान्यभन्दा सात डिग्री कम हो। कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा राज्यका अन्य ठाउॅंहरूमा पनि यसरी नै हल्का बढोतरी दर्ता गरिएको छ।
मौसम विभागले यो हप्ताको अन्ततिर अधिकतम तापक्रममा बढोतरीको क्रम शुरू हुने बताएको छ। आगामी दुई दिनसम्म मौसम यस्तै रहनेछ।
हिन्दुस्थान समाचार
