कोलकाता, 16 जनवरी (हि.स.)। पश्चिम बंगालमा मकर संक्रान्तिको अवसरमा गंगा सागरको पुण्य स्नान सकेपछि मौसममा परिवर्तन हुनु शुरू भएको छ। न्यूनतम तापक्रम मंगलवार 13.6 डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जुन सामान्यभन्दा एक डिग्री कम छ। यद्यपि, मौसम विभागको भनाई छ, आगामी हप्तादेखि तापक्रममा वृद्धि शुरू हुनेछ।
अलीपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयको तर्फबाट मंगलवार जारी बयान अनुसार, न्यूनतम तापक्रम सामान्यभन्दा पाँच डिग्री कम 20.2 डिग्री सेल्सियस बनेको छ, जसले गर्दा कठ्याङग्रिने जाड़ो परिरहेछ। हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत मुर्शिदाबाद, मालदा र अन्य जिल्लाहरूमा पनि तापक्रम 9 देखि 18 डिग्री सेल्सियबीच बनेको छ। जसले गर्दा असाध्य जाड़ो परिरहेछ। यसका साथै घना कुइरो बढ़िरहेछ, फलस्वरूप दृश्यता कम भएको छ र वाहनहरूलाई सुस्त गतिमा वाहन कुदाउने सुझाउ दिइएको छ।
उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढ़ी, दार्जीलिङ र कालेबुङमा अहिलेपनि तापक्रम 10 डिग्री सेल्सियसभन्दा कम छ। मौसम विभागको भनाई छ, 20 जनवरीपछि बंगालमा पारा चढ्ने क्रम शुरू हुनेछ। जसपछि बिस्तारै सर्दी हराउनेछ।
हिन्दुस्थान समाचार/भवानी
