
हैलाकान्दी, 13 जनवरी (हि.स.)। हैलाकान्दीस्थित हनुमान मन्दिरमा चोरीको घटना भएको छ। चोरले मन्दिरबाट धेरै बहुमूल्य सर सामानहरू चोरी गरेका छन्। साथै मन्दिरमा राखिएको दानपेटीबाट पनि पैसा चोरी गरिएको छ।
चोरले हनुमान मन्दिरभित्र भगवान राम र सीता माताका मूर्तिहरू तोडेका छन्। मूर्तिलाई लगाइएका सून र चॉंदीका गर गहनाहरू पनि चोरी गरेका छन्। हैलाकान्दी पुलिसले शनिवार बिहान घटनास्थल पुगेर जॉंच पड़ताल गरेको छ। पुलिसको फिंगरप्रिन्ट टीमले पनि चोरहरूको औंलाको निशान खोजी गरिरहेको छ।
मन्दिरका पुजारी र समितिका सदस्यहरूले भने, चोरले मन्दिरबाट लाखौं रूपियॉंको सामान र नगद चोरी गरेको छ। यस घटनालाई लिएर स्थानीय मानिसहरू आक्रोशित छन्।
हिन्दुस्थान समाचार/भवानी
