कोलकाता, 13 जनवरी (हि.स.)। महानगर कोलकाता लगायत सम्पूर्ण राज्यमा मकर संक्रान्तिको दिन गंगा सागरमा पुण्य स्नानभन्दा अघि कठ्याङ्ग्रीने जाडो शुरू भएको छ।
अलीपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयले शनिवार जारी गरेको बयान अनुसार, कोलकातामा न्यूनतम तापक्रम 12.8 डिग्री सेल्सियस रेकर्ड गरिएको छ। दुई दिनअघि यहॉंको तापक्रम 17 डिग्री सेल्सियसभन्दा धेरै थियो। केवल 48 घण्टाभित्र पॉंच डिग्री सेल्सियसको ह्रासका कारण कोलकाता लगायत राज्यका अन्य ठाउॅंहरूमा जाडो निकै बढेको छ। अधिकतम तापक्रम पनि तीन डिग्री कम 22.02 डिग्री सेल्सियस रेकर्ड गरिएको छ।
मौसम विभाग अनुसार, शीतलहरका कारण कोलकाता लगायत हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा अन्य ठाउॅंहरूमा जाडो बढेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि चिसो बढेको छ। यहॉं तापक्रम 10 देखि 20 डिग्री सेल्सियसबिच कायम रहेको छ।
हिन्दुस्थान समाचार/भवानी
