नाम्ची, 12 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले शुक्रवार तेस्रो दिनको जनभेट कार्यक्रम शुरू गरेका छन्। मुख्यमन्त्री आज बिहान जनभेट कार्यक्रमको निम्ति सोरेङ जिल्ला अन्तर्गत पिपलेस्थित 2 आईआरबी मुख्यालय पुगे। यस अवधि मुख्यमन्त्रीले एनजेएनपी अन्तर्गत जोरथाङका जनतासॅंग भेट गर्नेछन् र आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने छन् भनी आईपीआर विभागले प्रेस विज्ञप्तिमा बताएको छ।
हिन्दुस्थान समाचार/बिशाल
