नयाँ दिल्ली, 09 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलवार प्रवासी भारतीय दिवसको अवसरमा देशवासीहरूलाई बधाई दिएका छन्। उनले विश्वभरि बसोबास गर्दै आइरहेका भारतीय प्रवासीहरूको योगदान अनि उपलब्धिहरूको सराहना पनि गरेका छन्।
प्रधानमन्त्रीले सोशल मीडिया प्लेटफर्म एक्सको एक पोस्टमा लेखे, “प्रवासी भारतीय दिवसको बधाई। यो विश्वभरि नै बसोबास गर्ने भारतीय प्रवासीहरूको योगदान अनि उनीहरूका उपलब्धिहरूको उत्सव मनाउने दिन हो। हाम्रो समृद्ध विरासतलाई संरक्षण गर्न अनि वैश्विक सम्बन्धलाई सशक्त बनाउनेप्रति प्रवासी भारतीयहरूको समर्पण सराहनीय रहिआएको छ। उनी सारा दुनियाँमा भारतीय भावनाका प्रतीक हुन् तथा प्रवासी भारतीयले एकता अनि विविधताको भावनालाई प्रेरित गरिरहेका छन्।”
हिन्दुस्थान समाचार/उष्णता
