
– क्लोरीन ग्यासका सिलेण्डरहरूबाट ग्यास चुहावटको जाँच भइरहेको छ: एसएसपी
देहरादून, 09 जनवरी (हि.स.)। राजधानीको उपनगर प्रेमनगर क्षेत्रमा मङ्गलवार भोर बिहान एक प्लान्टमा राखिएको ग्यासको सिलेण्डरहरूबाट क्लोरीन ग्यासको चुहावटले ठूलो खैलाबैला मच्चायो। स्थानीय पुलिस, एनडीआरएफ, एसडीआरएफ औ फायर ब्रिगेडका कर्मीहरूको टीमले सूचना पाउनसाथ तत्काल बचाउ अभियान परिचालन गऱ्यो। प्लान्ट वरपरका क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूलाई तत्काल सुरक्षित स्थानहरूमा स्थानान्तरण गरिएको छ। एसएसपी देहरादून स्वयंले घटनास्थलमा पुगेर बचाउ अनि राहत कार्यको जायजा लिँदै आवश्यक निर्देश दिए।
मङ्गलवार भोर बिहान थाना प्रेम नगरलाई सूचना प्राप्त भयो, झाझरा क्षेत्रस्थित एक प्लान्टमा राखिएका ग्यास सिलेण्डरहरूबाट क्लोरीन ग्यास चुहिरहेको छ। उक्त सूचनाको आधारमा थाना प्रेमनगरबाट पुलिस बल अनि पुलिस स्टेशन देहरादूनबाट अग्निशमन विभागीय कर्मीहरूको दल तत्काल घटनास्थलमा पुग्यो। घटनाको सम्बन्धमा एनडीआरएफ र एसडीआरएफका टीमहरूलाई पनि सूचित गर्दै घटनास्थलमा डाकियो।
सूचना पाएर वरिष्ठ पुलिस अधीक्षक अजय सिंह स्वयंले पनि घटनास्थलमा पुगेर बचाउ कार्यहरूको जायजा लिए अनि उपस्थित अधिकारीहरूलाई आवश्यक दिशा निर्देश दिए। बचाउ दलहरूले राहत अनि बचाउ कार्य शुरू गर्दै वरपरका क्षेत्रहरूमा अवस्थित घरहरूबाट मानिसहरूलाई सुरक्षित स्थानहरूमा पुऱ्याए। घटनास्थलबाट ग्यास सिलेण्डरहरूलाई हटाइएको छ। उक्त खाली प्लन्टमा ग्यास सिलेण्डरहरू कुन कारणले राखिएको थियो त्यस सम्बन्धमा विस्तृत जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार/उष्णता
