नयाँ दिल्ली, 6 जनवरी (हि.स.)। केन्द्रिय मत्स्य पालनमन्त्री परषोत्तम रूपाला औ राज्यमन्त्री डा. एल मुरूगनले 7 देखि 9 जनवरीसम्म ओडिशाका विभिन्न स्थानहरूमा आयोजना भइरहेको सागर परिक्रमाको 11औं चरणमा भाग लिनेछन्।
एकजना सरकारी प्रवक्ताले शुक्रवार बताए, कार्यक्रमको क्रममा केन्द्रियमन्त्रीले किसान क्रेडिट कार्ड (केसीसी)-का लाभार्थीहरू जस्तै अग्रणी मछुआरा, माछा किसान, युवा मत्स्य उद्यमी आदिसित भेट गरेर बातचित गर्नेछन्। प्रधानमन्त्री मत्स्य सम्पदा योजना (पीएमएमएसवाई), क्रेडिट कार्ड योजना सहित अन्य योजनाहरूको लाभ मछुआराहरूसम्म व्यापक मात्रामा पुऱ्याइनेछ।
उनले बताए, सागर परिक्रमाको 11औं चरणमा ओडिशाका तटीय जिल्लाहरू क्रमैले गञ्जम, पुरी, जगतसिंहपुर, केन्द्रपाड़ा, भद्रक औ बालासोर सामेल छन्। केन्द्र सरकारको मत्स्य पालन विभाग, ओडिशा सरकार, राष्ट्रिय मत्स्य विकास बोर्ड, भारतीय तट रक्षक, भारतीय मत्स्य सर्वेक्षण, मछुआरा सङ्घ औ सम्बन्धित विभागीय अधिकारीहरूले भाग लिरहेका छन्। सागर परिक्रमा यात्रामा मछुआरा, मछली किसान एवं अन्य सम्बन्धित वर्गहरूसित अध्ययन बैठक तथा चर्चाहरू सामेल रहनेछन्।
स्मरण गराइन्छ, ओडिशा राज्यको तटरेखा 480 किलोमीटर छ। राज्यमा 33 समुद्री खाद्य प्रसंस्करण सम्यन्त्र, 3 माछा औ झीँगा चारो सम्यन्त्र सहित विविध जल संसाधनहरू छन्। सागर परिक्रमा- को पहिलो चरण 5 मार्च, 2022 –मा माण्डवी, गुजरातदेखि शुरू भएको थियो भने अहिलेसम्ममा सागर परिक्रमाको दश चरण सम्पन्न भइसकेको छ जसान्तर्गत गुजरात, दमन-दीव, महाराष्ट्र, गोवा, कर्णाटक, अण्डमान औ निकोबर, केरल, तमिलनाडु, आन्ध्र प्रदेश एवं पुडुचेरी जस्ता तटीय राज्य तथा केन्द्रशासित प्रदेशहरूमा आयोजन भइसकेको छ।
हिन्दुस्थान समाचार/उष्णता
