नोएडा, 06 जनवरी (हि.स.)। नोएडा सेक्टर-116 मा गए शुक्रवार एक परिवारिक विवादमा भएको हातपातमा एक ईरानी महिलाको मृत्यु भयो भने चारजना घाइते भए। घटनाको सूचना पाएर घटनास्थलमा पुगेको पुलिसले घाइतेहरूलाई उपचारको निम्ति अस्पतालमा भर्ती गराएपछि ईरानी दूतावासलाई घटनाबारे जानकारी गराएको छ।
पुलिस उपायुक्त (जोन प्रथम) हरिश चन्द्रले शनिवार बताए, ईरान निवासी नासिर उपनाम असलम, फिरोज तथा उनीहरूका आफन्त दाउद, उसकी बहिनी रूबिया एवं अन्य सदस्यहरू सेक्टर-116 स्थित एउटा भाड़ाको घरमा बस्दै आइरहेका छन्। यिनीहरू दिल्लीमा कपड़ाको व्यापार गर्दछन्।
फिरोजकी छोरी जिनत (23)- को एक महिनाअघि विहे भएको थियो। गए शुक्रवार अबेर राती फिरोज र दाउद पक्षमाझ कुनै कुरालाई लिएर विवाद भयो। हेर्दा-हेर्दै दुवै पक्षले एका-अर्कामाथि हातपात एवं धारिलो हतियारले प्रहारसम्म गरे। यस घटनामा जिनत र त्यहाँ उपस्थित दुई महिला समेत चारजना मानसिहरू गम्भीर रूपले घाइते भए।
सबैलाई उपचारका लागि सेक्टर 71 स्थित कैलाश अस्पतालमा भर्ती गराइयो जहाँ चिकित्सकहरूले जिनतलाई मृत घोषित गरिदिए। यस मामिलामा मृतकका काका नासिर उपनाम असलमले दाउद र तिनकी बहिनी रूबियाविरूद्ध हत्याको मुद्दा दर्ता गराएका छन्। पुलिसले केही मानिसहरूलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार/उष्णता
