हुगली, 04 जनवरी (हि.स.)। हुगली जिल्लामा तृणमूल कांग्रेसको आन्तरिक गुटबाजी हातदेखि बाहिर गइऱहेछ। त्यही क्रममा बालागढ़का विधायक मनोरञ्जन व्यापारीको कार्यालयमा हमला भएको छ। उल्लेख्य बुधवार नै मनोरञ्जनले एक फेसबुक पोस्टमा आफूमाथि हमलाको आशंका व्यक्त गरेका थिए।
फेसबुक पोस्टमा उनले लेखे, मेरो विधानसभा क्षेत्रमा ममाथि कहिलेपनि हमला हुनसक्छ। य़सपछि बुधवार अबेर राति विधायकको जीराट स्थित कार्यालयमा तोड़फोड़को घटना घट्यो। विधायकले यस तोड़फोड़को आरोप तृणमूल कांग्रेसकै दोस्रो गुटमाथि लगाएका छन्।
बिहिवार बिहान विधायकले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा लेखे, अन्ततः मेरो भय़ सत्य य़ो। रूना खातून र उसका पति अरिजीतले दलबलको साथ मेरो जिराट कार्यालयमा हमला गऱ्यो। दैलो-झ्याँल भत्कियो। दिदीको फोटो, पार्टीको झण्डा तोड़ेर फ्याँकियो। बालागढ़का जनताले सोच्नुपर्छ यिनीहरू दिदीसित कतिको जोड़िएका छन्। खबर लेखिञ्जेलसम्म तृणमूलको दोस्रो गुटको प्रतिक्रिया पाइएको थिएन।
हिन्दुस्थान समाचार/भवानी
