नयाँ दिल्ली, 04 जनवरी (हि.स.)। वाईएसआर तेलङ्गाना पार्टी प्रमुख वाईएस शर्मिला बिहीवार कंग्रेस पार्टीमा सामेल भइन्। उनले आफ्नो पार्टीलाई कंग्रेसमा विलय गराएकी छन्।
कंग्रेस महासचिव केसी वेणुगोपालले उक्त आशयको जानकारी गराउँदै अघि भने, आज आन्ध्र प्रदेशकी वरिष्ठ नेता वाईएस शर्मिला नयाँ दिल्लीस्थित कंग्रेस पार्टीको मुख्यालयमा पार्टी अध्यक्ष मल्लिकार्जुन खड़गे अनि राहुल गान्धीको उपस्थितिमा कंग्रेसमा सामेल भइन्।
शर्मिलाले मीडियासितको बातचितमा भनिन्, वाईएसआर तेलङ्गाना पार्टी आजदेखि भारतीय राष्ट्रिय कंग्रेसको अङ्ग बन्न पुगेकोमा उनी खुसी छन्। कंग्रेस आज पनि हाम्रो देशको सबैभन्दा ठूलो धर्मनिरपेक्ष पार्टी हो र यसले सदैव भारतको साँचो संस्कृतिलाई कायम राखेको छ तथा हाम्रो राष्ट्रको आधार निर्माण गरेको छ।
उल्लेख्य, शर्मिलाले दिल्ली पुगेर पहिला कंग्रेस हाईकमानसित भेट गरिन्, त्यसपछि कंग्रेस मुख्यालयमा पुगेर पार्टी अध्यक्ष मल्लिकार्जुन खड़गे र राहुल गान्धीको उपस्थितिमा कंग्रेसको सदस्यता ग्रहण गरिन्। शर्मिला आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगन मोहन रेड्डीकी बहिनी तथा वाईएसआर तेलङ्गाना पार्टी प्रमुखको भूमिकामा छन्।
हिन्दुस्थान समाचार/उष्णता
