टोक्यो, 03 जनवरी (हि.स.)। जापानमा सोमवार आएको शक्तिशाली भुॅंइचालोमा मर्नेहरूको संख्या लगातार बढिरहेको छ। मृतकहरूको संख्या बढ़ेर 57 पुगेको छ। सबै भन्दा धेरै विनाश इशिकावा प्रान्तमा भएको छ। सोमवार इशिकावा प्रान्त र छेउछाउ आएको भुॅंइचालोको लगभग 100 झट्कामा सर्वाधिक 7.6 तीव्रताको भुॅंइचालो पनि सामेल छ।
जापान टाइम्सको रिपोर्ट अनुसार, सरकारले 48 मृत्युको पुष्टि गरेको छ, तर मृतकहरूको संख्या यो भन्दा धेरै छ। समुद्र छेउछाउका शहरहरू हिलो माटोले घेरिएका छन्। प्रभावित क्षेत्रहरूबाट आएको सूचना अनुसार, भुॅंइचालोले अहिलेसम्म 57 जनाको मृत्यु भएको छ।
सरकारी प्रवक्ता योशिमासा हयाशीले भने, केही क्षेत्रहरूमा पानी, बिजुली र मोबाइल फोन सेवा अझै पनि बन्द छ। प्रधानमन्त्री फुमियो किशिदाले मंगलवार भने, जापानको सेनाले बचाउ प्रयासमा सामेल हुनका लागि 1,000 सैनिकलाई आपदा क्षेत्रहरूमा पठाएको छ। सरकारले क्षयक्षतिको आकलन गरिरहेको छ। भुॅंइचालोको चपेटमा परेका मानिसहरूको खोजी कार्य चलिरहेको छ।
हिन्दुस्थान समाचार/बिशाल
