गान्तोक, 31 दिसम्बर (हि.स.)। मगर समुदायको प्रमुख पर्व बाराहीमिजोङको पालनसहित 2023 समापन भएको छ। आज, आइतवार सिक्किमका विभिन्न स्थानहरूमा बाराहिमिजोङ पर्व मालन गरियो। यसैक्रममा पूर्व सिक्किममा मगर समुदाय बसोबासो गर्ने कदमताममा बाराहिमिजोङ उत्साहपूर्वक पालन गरियो।
कदमताम समाज सेवा सङ्गठनले स्थानीय स्कूलको खेल मैदानमा बाराहिमिजोङको अवसरमा सार्वजनिक समारोह आयोजन गरेको थियो। बाराही ईममा पूजा अर्चना गरेपछि मगर जातिको परम्परालाई समेटेर आयोजन गरिएको समारोहमा अखिल सिक्किम मगर संघका सदस्यहरूसहित स्थानीय मानिसहरूको उत्साहपूर्वक सहभागिता रहेको थियो।
आफ्नो जातिय संकृतिको संरक्षण गर्नसँगै युवा पीढींलाई मगर परम्परा र संस्कृतिबारे जागरूक गराउन बाराहिमिजोङको अवसरमा सार्वजनिक समारोह आयोजन गरिएको आयोजक पक्षले जानकारी दिएको छ। यस अवसरमा मगर समुदायका विभिन्न व्यक्तित्वलाई अभिनन्दन गरिएको छ। बाराहीमिजोङ समारोहमा मगर जातिका नृत्य प्रदर्शनसाथै उपस्थित मानिसहरूलाई पारम्परिक खानपान वितरण गरिएको थियो।
हिन्दुस्थान समाचार/होमनाथ
