
नयाँ दिल्ली, 31 दिसम्बर (हि.स.)। सम्पूर्ण उत्तर भारत जाड़को चपेटमा अनि कुहिरोले कहरले त्राहिमाम-त्राहिमाम भएको छ। कुहिरोको सबैभन्दा बढ़ी मार रेल यातायातमाथि परिरहेको छ। भारतीय रेलवे अनुसार आज दिल्ली आइपुग्ने 23 वटा रेलगाड़ीहरू आफ्नो निर्धारित समयभन्दा कैयौं घण्टा विलम्ब चलिरहेको छ।
भारतीय मौसम विज्ञान विभागले बताएको छ, आज बिहान राष्ट्रिय राजधानी दिल्लीको इण्डिया गेट अनि कर्तव्य पथ शीतलहरको चपेटमा रह्यो। यहाँ घना कुहिरो लागेको थियो। यस अतिरिक्त जम्मू-कश्मीरको श्रीनगरमा पनि घना कुहिरो लाग्यो जसले गर्दा यहाँको दृश्यता अत्यन्त कम भयो। श्रीनगरमा न्यूनतम तापमान -2.5 डिग्री सेल्सियस दर्ता गरियो।
केन्द्रिय प्रदूषण नियन्त्रण बोर्ड अनुसार राष्ट्रिय राजधानीमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) गम्भीर श्रेणीमा दर्ता गरियो। यो आनन्द विहारमा बिहान 425, द्वारका सेक्टर-8 मा 425, आरके पुरममा 426, मुण्डकामा 431 दर्ता गरियो।
हिन्दुस्थान समाचार/उष्णता
