
चेन्नई, 27 दिसम्बर (हि.स.)। तमिलनाडुमा एन्नोर बन्दरगाह नजिक अमोनिया ग्यास चुहिएकोले मछुआराहरूको बस्तीमा खैलाबैला भएको छ। बस्तीका धेरैजना मानिसहरू बिमार भइरहेका छन् जसमध्ये केहीको अवस्था गम्भीर छ। उनीहरूलाई नजिकैको अस्पतालमा भर्ती गरिएको छ। सम्बन्धित अधिकारीहरूले यसको पुष्टि गरेका छन्।
अधिकारीहरूले बताए, सूचना पाउनसाथ आज बिहान एन्नोर बन्दरगाह नजिकै अवस्थित एक उर्वरक निर्माण कम्पनीको पाइप लाइनको निरीक्षण गरियो। यो पाइप लाइन मछुआरहरूको बस्ती भएर गुज्रिन्छ। अर्कोतिर अमोनिया ग्यास चुहिन थालेपछि डराएका केही मछुआराहरू बस्ती छोड़ेर अन्यत्र पलायन भइरहेका छन्। बिमार भएका आफन्तहरू सड़कमा उत्रिएका छन्। उनीहरूले सरकार अनि प्रशासन विरोधी नाराबाजी गरिरहेका छन्।
हिन्दुस्थान समाचार/उष्णता
