नयाँ दिल्ली, 22 दिसम्बर (हि.स.)। कंग्रेसले आरोप लगाएको छ, महिला पहलवानहरूसित भएको अन्यायको लागि मोदी सरकार सोझै जिम्मेवार छ। कंग्रेसका राष्ट्रिय महासचिव रणदीप सिंह सुरजेवालाले शुक्रवार पार्टी मुख्यालयमा आयोजित सम्वाददाता सम्मेलनमा भने, पहलवान छोरीहरूसित भएको यौन शोषणको मामिलामा आरोपी भाजपा सांसद बृजभूषण सिंहका सहयोगी सञ्जय सिंहलाई भारतीय कुश्ती महासङ्घ (डब्ल्यूएफआई)- को नयाँ अध्यक्ष चुनिएपछि साक्षी मलिकले खेलबाट सन्यास लिने घोषणा गरिन्। किसानकी छोरी साक्षी मलिक ओलम्पिक पदक जित्ने देशकै पहिलो महिला पहलवान हुन्।
सुरजेवालाले भने, मोदी सरकारले छोरीहरूलाई सुन्नको सट्टा आफ्ना सांसद ब्रजभूषणलाई सहयोग गरिरहेको छ। यो भारतको खेल इतिहासको कालो अध्याय हो। यसले दर्शाउँछ कि न्यायको लागि आवाज उठाउने छोरीहरूलाई अवकाशको निम्ति बाध्य बनाएर घर फर्काइन्छ। उनले भने, बृजभूषण सिंहले कुश्ती सङ्घको चुनाउपछि भनेका थिए, दबदबा थियो, दबदबा रहनेछ। यति मात्र नभएर न्यायको लागि याचना गरिरहेका छोरीहरूलाई जिस्काउँदै तथा न्यायको आशामा बसिरहेकी देशकी हरेक छोरीलाई स्पष्ट सन्देश दिँदै बृजभूषण सिंहले यो समेत भने, राजनीति गर्न चाहने पहवलानहरूले राजनीति गरून् र कुश्ती खेल्न चाहनेहरूले कुश्ती खेलुन्।
कंग्रेस महासचिव सुरजेवालाले भने, भारतीय कुश्ती सङ्घ मात्र नभएर बीसीसीआईदेखि लिएर देशका सबै खेल सङंघहरूमाथि मोदी सरकार वा भाजपाका नेताहरूको कब्जा छ। आज देशका छोरीहरूले मोदी सरकारसित प्रश्न गरिरहेका छन्, उनीहरू मौन किन छन्? संसद पहलवान छोरीहरूको अपमान हुँदा पनि किन मौन छ? राष्ट्रपति, प्रधानमन्त्री, लोकसभा-राज्यसभाका अध्यक्ष एवं सभापति, खेल जगतका नामचिन हस्तिहरू आज मौन किन छन्?
उल्लेखनीय छ, सञ्जय सिंहलाई कुश्ती महासङ्घको अध्यक्ष चुनिएको छ। पहलवान साक्षी मलिकको आरोप छ, सञ्जय सिंह बृजभूषण सिंहका निकटवर्ती हुन्। यसैले सङ्घले महिला पहलहरूलाई न्याय दिन सक्दैन। यसैले उनले कुश्तीबाट सन्यास लिरहेकी छन्।
हिन्दुस्थान समाचार/उष्णता
