
बशीरहाट, 14 दिसम्बर (हि.स.)। उत्तर 24 परगना जिल्लाको बशीरहाटको धल्टिता गाउँमा बुधवार अबेर साझँ ईटा भट्टीको चिम्नी झर्दा तीन जनाको मृत्यु भयो र 30 भन्दा धेरै घाइते भए।
पुलिस अनुसार, ईटा भट्टी ढलेको समय त्यहाँ काम गरिरहेका मजदूर त्यसको चपेटमा परे। भत्केको अवशेषबाट दुई शव निकालिएको छ भने एक व्यक्तिको अस्पतालमा उपचार भइरहेछ। मृतकहरूमा दुई यूपीको फैजाबाद निवासी जेठूराम र राकेश कुमार सामेल छन्। तेस्रो मृतकको पहिचान स्थानीय हफीजुल मण्डलको रूपमा गरिएको छ।
प्राप्त जानकारी अनुसार, दुर्घटनामा घाइते लगभग 20 जनाको बशीरहाट अस्पतालमा उपचार चलिरहेछ। अत्यन्त गम्भीर रूपमा घाइते दुई व्यक्तिलाई कोलकाताको आरजी मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। चिम्नी झरेको कारणहरूको अहिलेसम्म पत्तो लागेको छैन।
हिन्दुस्थान समाचार/भवानी
